शे यर बजारको इ तिहासमा नयाँ रे कर्ड

काठमाडाैं,फागुन १२ ।  नेपालको शेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको छ ।

पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम गरिरहेको शेयर बजारले साताको पहिलो दिन साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएर पछिल्लो नयाँ रेकर्ड कायम गरेको हो ।

आइतबार १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता सेयरको ३० हजार ४५६ पटक खरिदबिक्री हुँदा कुल तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपियाँ बराबरको शेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८२ करोड रुपियाँले बढी हो ।

यद्यपि कारोबारका हिसाबले यो दोस्रो रेकर्ड हो । अघिल्लो साताको अन्तिम दिन पनि दुई अर्ब ७८ करोड ५० लाख रुपियाँभन्दा बढीको शेयर खरिदबिक्री भएर त्यो दिनसम्मको नयाँ रेकर्ड कायम भएर बन्द भएको थियो । त्यसअघि पनि दुई अर्ब ६८ करोडभन्दा बढीको कारोबार भएर पनि नयाँ रेकर्ड कायम गरेको थियो ।

ADVERTISEMENT

यही फागुन ५ गते सोमबार भएको कारोबार रकम तीन वर्षमा धेरै थियो । यसअघि २०७३ साउन ११ गते हालसम्मकै सर्र्वािधक दुई अर्ब ७५ करोड ३७ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको थियो । सो पश्चात् एकै दिनमा भएको फाग्ुन ५ गतेको कारोबार धेरै थियो ।

सो दिन नेप्से परिसूचक पनि १८६६.५० बिन्दुमा पुगेको थियो । जे होस् औपचारिक रूपमा शेयर बजारकै करिब तीन दशकको इतिहासमा आइतबारको कारोबार उच्चतम बिन्दु हो । शेयर बजारमा आइतबार कारोबार रकमसँगै कारोबार सङ्ख्या र खरिदबिक्री भएको सेयरको सङ्ख्याका आधारमा पनि नयाँ रेकर्ड कायम भएको हो ।

आइतबारको कारोबार रकमसँगै शेयर बजार मापक नेप्से परिसूचक पनि दुई वर्षयताकै उच्च बिन्दु अर्थात् एक हजार पाँच सयभन्दा माथि लागेको छ । पहिलो दिन नेप्से परिसूचक ६९.५६ अङ्कले उकालो लागेर १५०४.१४ को बिन्दुमा पुगेर रोकिएको छ भने ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स १७.०७ अङ्कले उकालो लागेर ३१७.५० को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा यस दिनको नेप्से ४.८५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ५.६८ प्रतिशतले उकालो लागेको छ ।

लगानीकर्ताको मनोबल बढ्यो

पछिल्ला दिनमा बैङ्कहरूले शेयर लगानीकर्ताका लागि गरेको ऋणको व्यवस्था, नियमनकारी निकायहरूको सकारात्मक कदमजस्ता कुराले लगानीकर्ताको मनोबल बढेको बताउँछन् शेयर विश्लेषक पविन्द्र आचार्य । चीनबाट सामान आयात गर्ने व्यापारी त्यहाँ देखिएको कोरोना भाइरसका कारण शेयर बजारमा पैसा लगानी गर्न थालेपछि पछिल्ला दिनमा शेयर कारोबार रकम बढेको विश्लेषण उनको छ ।

आइतबार लगानीकर्ताको आकर्षण बैङ्किङ क्षेत्रमा देखिएपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको भन्दै नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार भन्छन्, “बजार विस्तारै बढ्छ भन्ने लागेको थियो तर आइतबारको वृद्धि अचानक हो, आश्चर्य भने होइन । अब शेयर बजारको भविष्य उज्ज्वल छ ।”

७० अङ्कले नेप्से बढ्नु र ३६० करोड रुपियाँको कारोबार समग्र शेयर बजारकै लागि ऐतिहासिक क्षण भएको भन्दै उनी बैङ्किङ क्षेत्रको शेयर मूल्य एकदमै कम भएका बेला लगानी गर्ने मौकालाई सदुपयोग गर्दै लगानीकर्ता बैङ्किङ क्षेत्रमा तानिएको विश्लेषण गर्छन्।

अबको शेयर बजारमा सामान्य करेक्सन भए पनि धेरै अन्तरले नघट्ने भन्दै उहाँ नयाँ लगानीकर्तालाई बजारमा प्रवेश गर्दा थप सजग हुनुपर्ने सुझाव दिन्छन्। बजार बढेका बेला नयाँ लगानीकर्ता हौसिएर प्रवेश गर्नेभन्दा पनि सुझबुझपूर्ण तरिकाले प्रवेश गर्नुपर्ने भनाइ उनी राख्छन् ।

अघिल्लो साताको सुरुदेखि नै उकालो बाटो पछ्याएको शेयर बजार साताको अन्तिम कारोबारका दिनमा पनि दोहोरो अङ्कले सुधारिएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।