२ करोड ख,र्चेर सिगारिएको थियो महाशिवरात्रिमा पशुपतिनाथ मन्दिर (भिडियो सहित)
काठमाडौं । काठमाडौस्थित पशुपतिनाथमा यस शिवरात्री धुमधामको साथ मनाइएको छ। गत वर्षहरू भन्दा यो वर्ष निकै सजावटका साथै रोचक देखिने गरी मन्दिर सिंघारिएको थियो।
यसपटकको महाशिवरात्रिको राम्रो पक्ष भनेको यसको भव्य सजावट रहेको दर्शन गर्न आउने भक्तजनहरूले बताएका छन्। सूरतका व्यापारी सञ्जय छिब्बर र केके शर्माले लगभग २ करोडको लागतमा पशुपतिनाथ मन्दिर सजाएका हुन्।
भारतको मद्रासबाट आएका ती दुई जना शिव भक्तले आपसमा मिलेर पशुपतिनाथमा विशेष सजाएर मन्दिर नै झिलीमिली पारेका थिए। उनीहरुले २ करोड रुपैयाँ खर्च गरी सम्पूर्ण सामग्रीको बन्दबस्तो र सजावटको काम आफै गरेका हुन् ।


