वामदेवलाई फेरि ‘ब्या क फा यर’, उनी प्रधानमन्त्री बन्ने बाटो खोल्ने नि र्णयबाट पछि ह ट्दै नेकपा

काठमाडौं, फागुन १४ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने तथा उनी प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधनसमेत गर्ने गृहकार्य विवादमा परेपछि सत्तारुढ नेकपा रक्षात्मक बनेको छ। थप छलफल गर्न बुधबार सचिवालय बैठक बोलाइएको छ।

संविधान संशोधन गर्ने निर्णयले जनमत नै पार्टीका विपक्षमा जान सक्ने बुझाइ नेताहरूमा छ। त्यसैले अघिल्लो निर्णयबाट पार्टी ‘ब्याक’ हुने सम्भावना छ।

उपाध्यक्ष गौतम संविधान संशोधन नगरी राष्ट्रिय सभामा जान तयार भए उनलाई लैजाने विषयमा भने नेताहरू सकारात्मक छन्। यो खबर आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डेले लेखेका छन्।

‘हामीले ब्याक फायर होस् भन्ने नियतले उहाँ (गौतम)का विषयमा निर्णय गरेका थिएनौं, तर जनमत विपक्षमा देखियो। यो स्थिति विश्लेषण गरी पार्टीले निर्णय फेरबदल गर्न सक्छ। त्यसबारे बैठकमै औपचारिक छलफल हुनेछ,’ सचिवालयका एक नेताले भने, ‘ तर संविधान संशोधनबिनै उहाँले राष्ट्रिय सभामा जान चाहनुभयो भने पार्टीले पठाउने निर्णयलाई निरन्तरता दिन सक्छ। यो उहाँको प्रस्ताव र रुचिमा भर पर्ने कुरा भो।’

कार्यदल बनाउने निर्णयसँगै नेता गौतम पनि विवादमा परेका छन्। प्रत्यक्ष निर्वाचनमा पराजित भएपछि पटकपटक झ्यालबाट संसद् प्रवेश गर्ने प्रयास गरेर पदलोलुपता देखाएको आरोप उनलाई लागिरहेको छ।

विपक्षीहरूले मात्रै होइन, पार्टीकै शीर्ष नेताहरूले समेत सार्वजनिक रूपमा आलोचना गर्न थालेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖