जब प्रहरीले भीम रावललाई विमानस्थलको भीआईपीमा जान रो,क्यो

धनगढी, १७ फागुन । सरकार नेतृत्वकर्ता नेकपा नेता एवं पूर्वगृहमन्त्री भीम रावललाई सुरक्षाकर्मीले धनगढी विमानस्थलको भीआईपी कक्ष प्रवेशमा रो,क लगाएका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका रावल पार्टीका कामका लागि शनिबार काठमाण्डौंबाट धनगढी पुगेका थिए । रावलले आफूलाई विमानस्थलको विशिष्ट कक्ष प्रवेश गर्न नदिइएकामा आ,श्चर्य प्रकट गरेका छन् । रावलले राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएका कारण आफूलाई विमानस्थलको भीआईपी पस्ननदिएको जवाफ सुरक्षाकर्मीले दिएको बताए ।

‘राष्ट्रपति आउने भएकाले जान नमिल्ने भनियो’, धनगढीमा सञ्चारकर्मीसँग रावलले भने, ‘पूर्वजानकारी बिनै भीआईपीमा छिर्,न नदिइनु आश्चर्यको विषय हो ।’ उनले आफू पनि जननिर्वाचित सांसद रहेको भन्दै गृह र र,क्षा मन्त्रालयको नेतृत्व गरिसकेको हैसियतमा सु,रक्षा सं,वेदनशीलता बुझ्ने बताए । तर, खबर किन गरिएन भन्दै आ,पत्ति जनाए । गणतन्त्रमा पनि राजतन्त्रको जस्तो व्यवहार गरिएको भन्दै रावलले चित्त दुःखाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।