काेराेनाकाे त्रा,स – चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिइसक्न निर्देशन
काठमाण्डाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउदो चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन निर्देशन दिएको छ । कोरोना भा,इरसको सं,क्रमण र त्रा,स बढ्दै गएकोले चैत ५ गतेभित्र नै परीक्षा लिन देशभरका विद्यालयलाई मन्त्रालयले निर्देशन दिएको हो । यस्तै मन्त्रालयले सा,मूहिक भेला, सेमिनार, गोष्ठी लगायत कार्यक्रम नगर्न पनि आग्रह गरेको छ ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर यस्तो निर्देशन दिनुभएको हो ।
सरकारले चैत ६ देखि १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा एसईई हुने कार्यतालिका भने परिमार्जन नहुने मन्त्रायलका सूचना अधिकारी दिपक शर्माले उज्यालोलाई जानकारी दिनुभयो ।


