कोरोनाका का रण विश्वको भ विष्य ‘अ ज्ञात’ : विश्व स्वा स्थ्य सङ्गठन

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ अर्थात् कोरोना भाइरसकोे कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने अवस्था आएको बताएको छ ।

सङ्गठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले कोरोना भाइरस अनौठो खालको भएको र अहिलेसम्म नियन्त्रणको सही उपाय नभेटिएकोले विश्वको अवस्था के होला भन्ने थाहा पाउन नसकिएको बताएका हुन् । कोरोनाको सङ्क्रमण रोक्नका लागि तत्काल विश्वका सबै देशले एक भएर काम गर्नुको विकल्प नरहेको उहाँले स्पष्ट पार्नुभयाे ।

सोचेभन्दा अनौठो खालको भाइरस भएकाले कोरोना विश्वव्यापी कलङ्कको रुपमा रहन सक्नेतर्फ पनि विश्व स्वास्थ्य सङ्गठनले सचेत गराएको छ ।

चीनको वुहानबाट सुरु भएकाे कोरोनाको सङ्क्रमण अहिलेसम्म ७६ देशमा फैलिसकेको छ । कोरोनाको सङ्क्रमणबाट तीन हजार एक सय १९ जनाले ज्यान गुमा एका छन् भने ९० हजार तीन सय ३१ जनामा स ङ्क्रमण भएको छ । त्यस्तै ४८ हजार एक सय ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

गएको २४ घण्टामा चीनमा ३२ र दक्षिण कोरियामा ६ जना गरि ३८ जनाको ज्यान गएको छ भने चीन, दक्षिण कोरिया, अमेरिकामा ६ सय ७ जना नयाँ सङ्क्रमित भेटिएको छ ।

९० हजार ९ सय ३१ जनामा सङ्क्रमण रहेकोमा चीनमा मात्रै ८० हजार एक सय ५१ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । अहिलेसम्म ज्यान गुमाएका धेरै जना ८० वर्ष उमेर कटेका छन् भने ९ वर्ष उमेरमुनिका कसैको पनि ज्यान नगएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।-उज्यालो अनलाइन

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖