यसकारण चीनसँगको सिमाना उपल्लो डोल्पामा प्रहरीको उ च्च सत र्कता

डोल्पा । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ । कोरोना भाइरस प्रभावित देश चीनसँग सिमाना जोडिएकाले पनि उपल्लो डोल्पाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । चीनसँग सिमाना जोडिएका मोरिम्ला र क्याटो नाका उपल्लो डोल्पामै पर्छन् ।

विश्वरभर कोरोना भाइरसको त्रास बढ्दै गएकाले उपल्लो डोल्पाको सुरक्षा व्यवस्था कडाइ गएिको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

“उपल्लो डोल्पामा पर्ने मोरिम्ला र क्याटो नाका खुला छन् । उक्त नाकाबाट कोरोना सङ्क्रमित चाइनिज नागरिक पनि भित्रने डर उत्तिकै छ, सोही कारणले पनि उपल्लो डोल्पामा पर्ने साल्दाङ्ग, कागकोटलगायत प्रहरी युनिटलाई सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्देशन दिइएको छ”, प्रहरी नायब उपरीक्षक रञ्जितकारले भने ।

“उपल्लो डोल्पामा कोही नयाँ विदेशी नागरिक देखे उनीहरुको विशेष निगरानी गर्न भनेका छौँ, गृह मन्त्रालयको निर्देशन पनि चीनसँग सिमाना जोडिएका जिल्लाको सुरक्षा व्यवस्था संवेदनशील भएर कडाइ गर्ने भन्ने छ, सोही अनुसार लागिरहेका छौँ ।”

उक्त नाकामा दशौँ फिट हिउँ जमेकाले त्यस्ता सङ्क्रमित आउने सम्भावना कमै रहने भए पनि सुरक्षाका हिसाबमा उच्च सतर्कता अपनाइएको उनको भनाइ छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने साल्दाङ्गबाट क्याटो नाका पुग्न करीब दुई दिन लाग्छ ।

त्यसैगरी डोल्पोबुद्ध गाउँपालिकामा पर्ने ताक्सीबाट मोरिम्ला नाका पुग्न एक दिन लाग्छ । उपल्लो डोल्पामा सबै गरेर सातवटा प्रहरी युनिट रहेका छन् ।

राप, धो, साल्दाङ्ग, भिजेर, ताक्सी, कागकोटलगायत स्थानमा प्रहरी चौकी स्थापना गरिएको छ । उपल्लो डोल्पामा हाल तीनवटा प्रहरी युनिट मात्रै बसेका छन् भने बाँकी सबै सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय डोल्पामा गाभिएका छन् । हिँउदको समयमा अत्यधिक चिसो हुने भएकाले प्रहरी चौकी पनि सदरमुकामतिरै झर्ने गर्छन् भने तातो समय शुरु भएपछि मात्रै माथितिर लाग्ने गर्दछन् ।

त्यसैगरी तल्लो डोल्पामा पर्ने त्रिपुराकोट, खदाङलगायत डोल्पा प्रवेश गर्ने नाकामा पनि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । विभिन्न कामका लागि बाहिर जिल्लाबाट डोल्पामा आवतजावत गर्ने मान्छेको पनि विशेष रुपमा निगरानी भइरहेको प्रहरीले जनाएको छ । – रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖