धनकुटा र हिलेका अस्पताललाई पिपिई किट र एम्बुलेन्स चालकलाई सुरक्षित ड्रेस वितरण
धनकुटा खबर, २६ चैत्र । विश्वलाई नै सन्त्रा,स भई रहेको कोरोना भा,ईरस फै,लननदिन र त्यसको रो,कथामका लागी धनकुटा उद्योग बाणिज्य संघले धनकुटा र हिले बजारका विभिन्न प्राईवेट अस्पतालहरुलाई पिपिई किट, एम्बुलेन्स चालकहरुलाई सु,रक्षित ड्रेस र मास्क वितरण गरेको छ ।
धनकुटा बजारमा संचालित चार वटा प्राईवेट अस्पतालहरु र हिले बजारमा संचालित ३ वटा प्राईवेट अस्पतालहरुलाई पिपिई किट र धनकुटा बजार र हिले बजारमा व्यापारी तथा उपभोक्ताहरुलाई मास्क र सेनिटाईजर वितरण गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई जानकारी दिनु भयो ।


