शिव भगवानको पूजा गरेर ‘सोमबारे औंसी’ धनकुटामा पनि मनाइयो

धनकुटा खबर । धनकुटाका शिव मन्दिरहरुमा समेत आज भगवान शिवको पूजा आराधना गरी सोमबारे औंसी मनाइएको छ ।

हिन्दु शास्त्रमा सोमबारे औंसीको महत्व धेरै रहेको त्यसैमाथि साउनमै सोमबार औंसी परेपछि यस दिनको झनै महत्व थपिएले श्र,द्धालुहरु विहानै देखि विभिन्न शिवको मन्दिरमा पुगेर पूजा गरेका थिए ।

धनकुटाको तल्लो गोकुण्डेमा रहेको मन्दिर, नर्वदेश्वर शिवालय लगायतका शिवमन्दिरमा भक्तजनले पुजा गरेका थिए । यस बर्ष कोरोनाका कारण धेरै मेला पर्व सुनसान भए जस्तै सोमबारे औंसी उ,त्साहजनक भने देखिएन ।

पितृहरूको पर्वको रुपमा रहेको सोमबारे औंसी पर्व सोमबार परेमा त्यसलाई महत्वपूर्ण दिनको रुपमा हिन्दु धर्मवलम्वीहरुले लिने गर्दछन भने सोमबारे औंसीका दिन कसैसंग नबोली विहानै नुहाउनु पर्छ भन्ने मान्यता समेत रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।