आज नागपन्चमि, घरघरमा नागको चित्र टाँस गरी मनाइदैँ
रोजेन्द्र जोशी,डोटी । आज नागपञ्चमी, हिन्दु धर्मालम्विहरुले नागकाे पुजा गर्दै घरघरमा नागकाे चित्र टाँसी मनाउदैँ छन् । डाेटी जिल्ला भरि पनि नागपन्चमि धुमधामका साथ मनाईदैँ छ ।
प्रकृतिकाे पुजामा विश्वास गर्ने हिन्दुधर्मालम्विहरुले नागकाे पुजा गर्दा बर्ष भरिनै नाग विच्छि लगायतका विषयुक्त जातिले हानि नपुराउने जनबिश्वासका आधारमा नागकाे पुजा गर्ने प्रचलन रहेकाे डाेटीका स्थानियहरु बताउछन् ।
डाेटीमा नागपन्चमिकाे समयमा हातले तयारपारिएकाे नागकाे चित्रमा विभिन्न रंगहरुले पाेति श्रृगार सहित तयार गरिएकाे फाेटाेलाई मन्त्र द्वारा सुध्दि गरि घरकाे दैलाे झ्यालमा टास्ने र त्यसकाे पुजा गर्ने चलन रहेकाे भए पनि अहिले आधुनिकताका आधारमा बजारमा पाईने नाग टास्ने चलन रहेकाे सिलगढीका स्थानिय स्यामसुन्दर श्रेष्ठले बताउनु भयाे ।
डाेटीबाट बडि मालिकाका लागि पठाईएकाे सरकारी पुजा सहितकाे पेटाराे टाेलिले अछाम जिल्लामा रहेकाे बैजनाथ मन्दिरमा नाग देवताकाे पुजा गर्ने प्रचलन रहेकाे छ ।
सुदुरपश्चिमकाे प्रशिध्द मानिने सबै भन्दा लामाे दुरिकाे तिर्थ यात्राकाे रुपमा रहेकाे बडिमालिका लागि पठाईएकाे पेटाराेमा बैजनाथ मन्दिरमा रहेका पुजारिले विशेष पसजा गर्नुका साथै अछाममा यसै वर्ष फलेकाे नया धानबाट तयार पारिएकाे अक्षिता पेटाराेकाे साथमा लग्ने चलन रहेकाे डाेटीका हरि प्रसाद जाेशीले बताउनु भयाे ।


