घरेलु तथा साना उद्योग कार्यालय धनकुटाद्वारा आर्थिक बर्र्ष २०६७/७७ मा १५ लाख बढी राजश्व संकलन
धनकुटा,२० असोज । घरेलु तथा साना उद्योग कार्यलय धनकुटाले आर्थिक बर्र्ष २०६७÷७७ मा १५ लाख १४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।
कार्यलयले उद्योग दर्ता नविकरण लगायत र्शिषक बाट उतm राजश्व संकलन गरेको घरेलु साना उद्योग कार्यलय धनकुटाका सुचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।
धनकुटामा आर्थिक बर्र्ष २०६७÷७७ मा ३ सय ९७ वटा उद्योग थप भएका छन् । यसरी थप भएका उद्योगमा २ सय उद्योग महिलाको स्वामित्वमा रहेका छन् भने १ सय ९७ उद्योग पुरुषको स्वामित्व रहेको छ ।
यी उद्योगमा १ हजार ४ सय बढीले रोजगारी पाएका छन् भने ४६ करोड ६३ लाख रुपैयाँ लगानी रहेको कार्यलयले जनाएको छ ।


