भारतीय स्थलसेना प्रमुख नरवणे भारतीय सेनाको विशेष विमान मार्फत श्रीमती सहित ४ सदस्यीय टोली आज दिउँसो काठमाण्डौ आई पुग्दै
कार्तिक १९,काठमाण्डौ । भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे आज नेपाल आउनुहुने भएको छ ।
भारतीय सेनाको विशेष विमान मार्फत उहाँ र उहाँकी श्रीमती सहित ४ सदस्यीय टोली आज दिउँसो काठमाण्डौ आई पुग्नुहुने जनाईएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो ।
नेपाल र भारत वीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा अनुसार नरवणेलाई मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्र छ ।
नेपालका प्रधानसेनापति थापाले पनि २०७५ सालको पुस २९ मा नयाँदिल्लीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गर्नुभएको थियो ।
नरवणेलाई राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह, खड्ग चिन्ह र प्रमाणपत्र प्रदान गर्नुहुने जनाईएको छ । केही समयदेखि नक्सा विवादका कारण नेपाल र भारतवीच औपचाकि रुपमा राजनीतिक तहमा छलफल नभईरहेको समयमा उहाँले नेपाल भ्रमण गर्न लाग्नुभएको हो ।
नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिनुभएका नरवणेको नेपाल भ्रमणलाई लक्षित गरेर सूरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाईएको छ ।नेपाली सेनाका अनुसार भ्रमणको आज पहिलो दिन कुनै औपचारिक कार्यक्रम तय भएको छैन ।
भोलि विहिवार भने वरवणे दिनभर व्यस्त हुनुहुने र ४ दिने भ्रमण पूरा गरेर भारत फर्कनुहुने जनाईएको छ ।


