धनकुटाको पाख्रीवास नगरपालिकाले ४ महिनामा १३ लाख वढी राजश्व संकलन गर्यो

शर्मिला राई, धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १३ लाख वढी राजश्व संकलन गरेको छ । श्रावण महिना देखी कार्तिक ५ गते सम्ममा १३ लाख ५ सय १ रुपयाँ राजश्व संकलन भएको नगरको राजश्व शाखाले जनाएको छ ।

१० वटा वडा रहेको यस नगपालिकाको अहिले सम्मको तथ्यांकलाई हेर्दा सबै भन्दा वढी ६ नं वडाबाट २ लाख ७४ हजार १ सय २५ रुपयाँ राजश्व संकलन भएको छ भने वडा नं ३ बाट २ लाख ६९ हजार ६ सय ९९ रुपयाँ राजश्व संकलन भएको छ ।

त्यस्तै वडा नं ४ बाट २ लाख ४७ हजार ९ सय ५३, नगरको राजश्व शाखा काउण्टरबाट मा १ लाख ७४ हजार ८ सय ४४,वडा नं ९ मा १ लाख १६ हजार ८ सय ४१, वडा नं १ बाट ६२ हजार ५ सय ७२, वडा नं २ बाट ५७ हजार ८ सय ४०, वडा नं ५ बाट ५१ हजार ९ सय ९८, वडा नं ८ बाट ३९ हजार ३ सय ९३ र ७ नं वडा बाट ५ हजार २ सय ३६ रुपयाँ राजश्व संकलन भएको छ । १० नं वडाको राजश्व भने जम्मा हुन बाँकी रहेको राजश्व शाखा प्रमुख खेम चन्द्र वस्तिले जानकारी दिनुभयो । यद्यपी गत वर्षको तुलनामा यो वर्षको चौमासिकमा कम राजश्व संकलन भएको उहाँले वताउनु भयो ।

कोरोना महामारीको कारण विभिन्न संघ संस्था तथा व्यापार व्यवसाय बन्द हुँदा राजश्व संकलनमा गिरावट आएको उहाँले वताउनु भयो । तर गत वर्षको यो अवधिको तथ्यांक नरहेको कारण यति नै गिरावट आएको भन्ने यकिन साथ नसकिने उहाको भनाई छ । यसैवीच चालु आर्थिक वर्षमा पाख्रीवास नगरपालिकाले विभिन्न कर सेवा शूल्क दस्तुरमा छुट दिईरहेको नगर प्रमुख वृष वहादुर राईले वताउनुभएको छ ।

२०७७ पौष मसान्त सम्म नगरमा वुझाउनु पर्ने राजश्व तथा कर वुझाउन अनुरोध गर्दै नयाँ व्यवसाय दर्ता शूल्कमा ३० प्रतिशत, व्यवसायको अघिल्लो आर्थिक वर्षहरुको बाँकी वक्यौताको जरिवाना रकममा ८० प्रतिशत, गोलिया र फेन्टा काठ निकासीमा हालको मूल्य दररेटमा ६० प्रतिशत,बाँस निकासीमा हालको मूल्य दररेटमा ५० प्रतिशत र सम्पत्तिकर वा मालपोत तथा भूमि करको गत आर्थिक वर्षको जरिवानामा ८० प्रतिशत छुट दिईरहेको नगर प्रमुख राईले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।