प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

काठमाडौँ, १६ माघ (रासस) ः नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भेट पक्का गरेका हुन् ।

बिहीबार कीर्तिपुर खेल मैदानमा आर्मीले वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा नौ विकेट गुमाउँदै २२९ रन बनायो । आर्मीले पाँच रन छँदा दुई विकेट गुमाएको थियो । हरि चौहान तीन रनमा तथा रोहितकुमार पौडेल बिनारन पेभेलियन फर्किनुभयो । अनिल मण्डल पनि दुई रनमा पेभेलियन फर्किनुभयो ।

आर्मीले १७ रनमा तीन विकेट गुमाएको थियो । चौथो विकेटका लागि भीम सार्की र लोकेश बमले ५६ रनको साझेदारी गर्नुभयो । बमले २३ तथा सार्कीले ४० रन बनाउनुभयो । कप्तान विनोद भण्डारीले १०, राजेश पुलामीले ६५, विक्रम शोबले ३५ तथा सुसन भारीले १६ रनको योगदान दिनुभयो । बलिङतर्फ वाग्मतीका गौतम केसी एक्लैले पाँच विकेट लिनुभयो ।

दुई सय ३० रनको विजयी लक्ष्य पछ्याएको वाग्मतीले ४० दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । वाग्मतीले १८ रन बनाउँदा पाँच विकेट गुमाएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र विपीन आचार्यले ५८ रनको साझेदारी निभाउनुभयो । आचार्यले २३ तथा मल्लले ४७ रन बनाउनुभयो । बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले चार तथा विक्रम शोब र सुसन भारीले तीन–तीन विकेट लिनुभयो । आर्मी लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । उपाधि विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।