तेस्रो पाख्रीबास मेयर कप फुटबलको उपाधि वडा ९ लाई,जित्यो यति नगद पुरस्कार…

शर्मिला राई,धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ७ जलदेवी खेल मैदानमा सञ्चालित वडा स्तरिय तेश्रो मेयरकप फुटवल प्रतियोगिताको जित पाख्रीवास ९ ले हात पारेको छ । आज भएको फाईनलमा वडा नं ८ सँग भिडेको उस्ले ० को विरुद्ध १ गोल हान्दै जित हात पारेको हो ।

९ नं वडाको जितका लागि सेकेण्ड हाफको करिव ३० मिनेट जाँदा वडा नं ९ का खेलाडी लिल वहादुर मगरले १ गोलको योगदान गरेका थिए । जित सँगै उस्ले नगद रु १ लाख ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ भने दोश्रो स्थानमा चित्त वुझाएको वडा नं ८ ले नगद ७५ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिता अन्र्तगत सर्वाधिक गोलकर्ता वडा नं ९ कै लिल वहादुर मगर , वडा नं ८ का आयुष राई उत्कृष्ठ गोल किपर, वडा नं ८ कै विकास राई वेष्ट डिफेण्डर, वडा नं २ का विकास गाम्छाकी उदयमान खेलाडी र उत्कृष्ठ स्टाईकर वडा नं ९ का अरुण घिसिङ्ग घोषित भएको प्रतियोगिता संयोजक तथा ८ नं वडाध्यक्ष सिताराम राईले जानकारी दिनुभयो । उनिहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार वितरण गरिएको छ ।

नकआउट चरणमा भएको मेयरकप फुटवल प्रतियोगिताको विजयी समूह र खेलाडीहरुलाई पूर्व सॉंसद राजेन्द्र कुमार राई,पाख्रीवास नगरपालिका प्रमुख वृष वहादुर राई लगायतले पुरस्कार वितरण गरेका थिए । पाख्रीवास नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता समापन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधि सहित विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।