धनकुटाका ४ सय ५२ जनालाई नाप तौल सम्वन्धि शिक्षा
धनकुटा । नाप तौल डोर मुकामका कार्यक्रम अन्र्तगत धनकुटाका ४ सय ५२ जनालाई नाप तौल सम्वन्धि शिक्षा दिएको र तीन सय ९ जना व्यावसायीहरुले नाप तौलको नविकरण तथा दर्ता गरेको धनकुटा उद्योग वाणिज्य संघले जनाएको छ ।
जिल्लाका उद्योगी, व्यापारी तथा व्यावसायीहरुलाई सहजता प्रदान गर्न धनकुटा उद्योग बाणिज्य संघको आयोजना एवम् गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा सञ्चालित घर दैलो मै नाप तौल नविरकण, दर्ता तथा सचेतना कार्यक्रम अन्र्तगत उल्लेखित संख्याका व्यापारी व्यवसायीहरुले सेवा पाएका हुन् ।
जिल्लाको पाख्रीवास,हिले ,सिधुवा बजार र धनकुटा बजारमा तीन दिन सञ्चालन गरिएको नाप तौल डोर मुकामका कार्यक्रममा विभिन्न बजारका व्यापारी,व्यवसायी र उद्योगीहरुको नाप तौलको गुणस्तर तथा नाप तौल विराटनगरका निरिक्षक संजिव कुमार ठाकुर,साहयक निरिक्षकहरु टेक वहादुर थापा, प्रमोद कुमार यादव र कर्मचारी जितेन्द्र चौधरीले प्रत्यक्ष निरिक्षण तथा चेक जाच गरी नविकरण र दर्ता गराएका थिए ।
डोर मुकाम कार्यक्रमको सहजिकरण धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ कार्यकारी सदस्यहरु रेजिना पलिखे,अम्विका धमला,नेपाल सुन चादी कला व्यावासायी संघ धनकुटाका अध्यक्ष शंकर ल्वागुन सहित सम्वन्धित उद्योग वाणिज्य संघका शाखाका पदाधिकारीहरुले सहजिकरण गरेका थिए ।


