८ औ छिन्ताङ शहिदकप फुटवल प्रतियोगितामा दोश्रो चरणको खेल शुरु
धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकामा जारी ८ औ छिन्ताङ शहिदकप फुटवल प्रतियोगितामा दोश्रो चरणको खेल शुरु भएको छ । जसअनुसार आज दोश्रो चरणको एउटा खेल भएको छ ।
शहिदभूमी गाउँपालिका वडा नं १ लामेचौर खेल मैदानमा भईरहेको प्रतियोगिता अन्र्तगत सिद्धबाबा युवा समूह साप्तिङटार “ए” र अजम्वरी युवा क्लव फेदी वीच भएको दोश्रो चरणको पहिलो खेलमा ०–४ गोल अन्तरले अजम्वरी युवा क्लव विजयी भएको छ ।
यसअघि आजै भएको पहिलो चरणको खेलमा पोक्ला युवा क्लव सागुरीगढी गाउँपालिका महाभारतलाई १–३ गोल अन्तरले हराउँदै सिद्धबाबा युवा समूह दोश्रो चरणमा प्रवेश गरेको थियो ।
त्यस्तै गरी र्सिजनशिल युवा क्लव “ए” सागुरीगढी तातोपानी र आयोजक मितेरी युवा क्लव वीच भएको पहिलो चरणको खेलमा १–४ गोल अन्तरले र्सिजनशिल युवा क्लवले जित निकालेको छ ।
भने विश्रान्ति युवा क्लव मुलघाट धनकुटा नगरपालिका र दिलुङटार युवा क्लव सागुरीगढी वीचको खेलमा ०–१ गोल अन्तरले विश्रान्ति युवा क्लव विजयी भएको छ ।
पहिलो चरण अन्र्तगत धाप युवा क्लव शहिदभूमी र शहिदभूमी ७ चिम्राहा वीच आजै भएको चौथो तथा अन्तिम खेलमा पनि ०–१ गोल अन्तरले नै धाप युवा क्लवले जित हाँसिल गरेको प्रतियोगिता आयोजक मितेरी युवा क्लवका संस्थापक अध्यक्ष भुपाल कार्कीले जानकारी दिनुभयो ।


