खुल्ला पुरुष फुटवल प्रतियोगिताको फाईनल खेल भोलि
धनकुटा । लाङ्घाली युवा क्लव पाख्रीवास ९ मातिम्वु धनकुटाको आयोजनामा जारी खुल्ला पुरुष फुटवल प्रतियोगिताको फाईनलमा आयोजक “ए” र “सि” प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्र्तगत धनकुटा नगरपालिका २ चापे युवा क्लव र आयोजक “ए” वीच आज भएको पहिलो सेमिफाईनल खेलमा १ को विरुद्ध २ गोल लगाउदै आयोजक “ए” विजयी वन्दै फाईनलमा प्रवेश गरेको हो ।
त्यस्तै खाल्सा छिन्ताङ शहिदभूमी माम्फिङ युवा क्लव र आयोजक टिम “सि” वीच भएको दोश्रो सेमिफाईनलमा ३ को विरुद्ध ४ गोल लगाउदै आयोजक “सि” ले फाईनलको यात्रा तय गरेको क्लवका सञ्चालक के.वि थापा मगरले जानकारी दिनुभयो ।
जम्मा १२ टिमले सहभागिता जनाएको प्रतियोगिताको प्रथम समूहले नगद ३० हजार र दोश्रो हुने समूहले नगद १५ हजार सहित मेडल र प्रमाण पत्र पुरस्कार पाउने आयोजकले जनाएको छ । मातिम्वु खेल मैदानमा जारी प्रतियोगिताको फाईनल भोलि हुनेछ ।


