ट्राई एडभेन्चरको उपाधि त्रिभुवन आर्मी ‘ए’लाई

धादिङ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ‘ए’ टोली च्याम्पियन बनेको हो ।

उक्त स्पर्धामा आर्मीको ’बी’ टोली दोस्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबको टोली तेस्रो भयो ।

महिलातर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ । सो स्पर्धामा प्याडल नेपाल दोस्रो तथा क्रान्क सिस्टर तेस्रो भयो । उक्त प्रतियोगितामा पाकिस्तानी सेनाको टोली उत्कृष्ट अन्तर्राष्ट्रिय टिम घोषित भयो ।

साहसिक खेलकूदअन्तर्गत रहेको उक्त प्रतियोगितामा दौड, साइक्लिङ र र्याफ्टिङ समावेश गरिएको थियो । विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा छ दशमलव सात किलोमिटर दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर लामो र्याफ्टिङ समावेश गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको पुरुष र महिला गरी तीन टोली, मध्य पृतनाको एउटा टोली, नेपालका अन्य १६ टोलीका साथै बङ्गलादेश, पाकिस्तान र बेलायतका गरी ८० खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो हुने टोलीलाई रु एक लाख ५० हजार, दोस्रो भएको टोलीलाई रु एक लाख तथा तेस्रो भएको टोलीलाई रु ७५ हजार पुरस्कार प्रदान गरिएको थियो । महिलातर्फ पहिलोलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार तथा तेस्रो हुनेलाई रु २० हजार पुरस्कार प्रदान गरिएको थियो ।

सो अवसरमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकामा ६ नं बाहिनी अड्डा र शिवदल गणलाई प्रधानसेनापति थापाले कदरपत्र प्रदान गर्नुभएको थियो । नेपाली सेनाले २०७१ सालदेखि सञ्चालन गर्दै आएको उक्त प्रतियोगितामा २०७४ देखि विभिन्न मित्र राष्ट्रका सैनिक टोलीलाई समेत सहभागी गराउँदै आएको छ । रासस

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।