हिमालमा घट्न थाले हिउँ, विश्वमा तापक्रम बढ्दै

काठमाडौं, जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ वैज्ञानिक डा.मदनलाल श्रेष्ठ विश्वमा तापक्रम बढ्दै गएको बताउँछन् । सन् १८५०–१९०० को तापक्रम वृद्धिको मापदण्डअनुसार विश्वव्यापी रूपमै सन् २०२० एक तातो वर्ष बनेको विश्व मौसम सङ्गठनले जनाएको छ । पहिलेको तापक्रम बढोत्तरीका आधारमा अन्य वर्षभन्दा यस वर्ष विभिन्न भूभागमा गरेर ०.१ देखि १.२ डिग्री सेन्टिग्रेडसम्म तापक्रम वृद्धि भएको अनुमान गरिएको छ ।

समुद्रको जलवाष्प नउडेसम्म पानी पर्दैन, पानी नपरे विश्व जलवायुमा सीधै असर पर्छ । यसकारण मौसममा परिवर्तन आएर मानव जीवन प्रभावित हुने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल बताउँछिन् । कँडेलले भनिन्, “विश्वको जलवायु परिवर्तन र प्रदूषणका कारण ओजन तहको विनाश, हिमालमा हिउँको कमी, समुद्री सतहको वृद्धिजस्ता प्रत्यक्ष असर परेको छ ।”

पछिल्लो मौसमी चक्रले नेपालसहित विश्वकै मौसम र जलवायुमा परिवर्तन आइरहेको मौसमविद् कँडेल औँल्याउँछिन् । मौसम परिवर्तन भन्नाले छोटो समयको वातावरणीय अवस्थालाई बुझिन्छ । जलवायु परिवर्तन भन्नाले १० वर्षदेखि माथिको मौसमी परिवर्तनलाई बुझाउँछ ।

उनका अनुसार नेपालको मौसम तथा जलवायु परिवर्तनमा विगतभन्दा अत्यधिक परिवर्तन आएको छ । पहिले सिमसिमे पानी लगातार परेर चिसो र आर्द्रता लामो समय सतहका रहन्थ्यो तर अचेल कहिले भारी वर्षा हुने, कहिले खडेरी नै लाग्ने हुन थालेको छ । यस्ता अतिवृष्टि, अनावृष्टिले बाढी, पहिरो, चट्याङ, हावाहुरीजस्ता प्राकृतिक विपत्तिको बढोत्तरी नेपालमा भएको छ । नेपालको जलवायु प्रवृत्ति विश्लेषण १९७१ देखि २०१४ नामक प्रतिवेदनअनुसार त्यो ४४ वर्षको मौसम फेरबदलको प्रवृत्ति हेर्दा प्रतिवर्ष ०.०५६ डिग्री सेल्सियस अधिकतम र ०.००२ डिग्री सेल्सियस न्यूनतमका दरले तापक्रम वृद्धि भइरहेको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

उनका अनुसार विगत पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा नेपालको जलवायु र मौसममा पानी पर्ने, चिसो बढ्ने र गर्मी हुने क्रममा धेरै परिवर्तन आएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।