महाकाली नदीमा जलयात्रा

अमरगढी, विश्व पानी दिवसका अवसरमा महाकाली नदीमा रोमञ्चकारी जलयात्रा आयोजना गरिएको छ । परशुराम नगरपालिकाअन्तर्गत परशुराम धार्मिक क्षेत्रबाट शुरुआत भएको सो जलयात्राको आज शुभारम्भ गर्दै नगरप्रमुख भीमबहादुर साउदले जलयात्राले पर्यटन विकास र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महाकाली नदीमा संम्भाव्यता अध्ययनपछि जलयात्रा सञ्चालनमा ल्याइएको हो । डडेल्धुराको परशुराम, बैतडीको दशरथचन्द र कञ्चनपुरको भीमदत्त नगरपालिकाले एकसाथ जलयात्रा शुरु गरेका हुन् । यसका लागि डडेल्धुरा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) अन्तर्गत सञ्चालित ट्रोसा कार्यक्रम साथै बैतडीको रुडेस र कञ्चनपुरको निड्सले सहकार्य गरेका हुन् ।

सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले मार्च महिनाको २२ तारिखलाई विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।