सियारीमा पशुपालक किसानलाई अनुदान

बुटवल ,रुपन्देहीको सियारी गाउँपालिकाले पशुपालक किसानलाई अनुदान रकम दिएको छ । व्यावसायिकरुपमा गाई र भैँसी पाल्दै आएका ५० किसानलाई रु ४८ लाख ८७ हजार ४०० अनुदान रकम वितरण गरिएको गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख गणेश खनालले जानकारी दिनुभयो ।

गाउँपालिका–४ र ५ का किसानले पशुका लागि रु ४४ लाख १८ हजार र विभिन्न उपकरण तथा सामग्रीबापतको रु चार लाख ६९ हजार ४०० अनुदान रकम पाएका छन् । सोअन्तर्गत लागत साझेदारी कार्यक्रम तथा त्रिपक्षीय साझेदारी कार्यक्रमअन्तर्गत सङ्घीय सरकारको रु २४ लाख ५२ हजार ७०० र गाउँपालिकाको रु २४ लाख ३४ हजार ७०० अनुदान रकम रहेको छ ।

अनुदान प्राप्त गर्न किसानले कम्तीमा पनि दुई थान गाई वा भैँसी पाल्नुपर्ने र समूह बनाउनुपर्ने प्रावधान छ । गाउँपालिकामा अहिले १०÷१० जनाको पाँच समूह रहेको छ । गाउँपालिकामा लागत साझेदारी तथा त्रिपक्षीय साझेदारी कार्यक्रम लागू भएपछि समूह बनाई किसानलाई विभिन्न किसिमका तालीम, उपकरण वितरण, औषधोपचारलगायत काम गर्दै आएको गाउँपालिका अध्यक्ष अयोध्या थारूले बताउनुभयो ।

अनुदान रकम लिएका किसानलाई रकमको सही ठाउँमा सदुपयोग गर्न गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले आग्रह गर्नुभयो । लागत साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले पशुपालक किसानलाई १४ विद्युतीय च्यापकटर र ६० थान काउम्याट वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

गाउँपालिकाले गाई गोठ, बाख्रा गोठ, कुखुरा खोर सुधार तथा पोखरी निर्माण, विभिन्न कृषि यन्त्र वितरणलगायत कृषि, पशुपक्षी, तरकारी तथा मत्स्यसँग सम्बन्धित किसानलाई समेत अनुदान वितरण गर्दै आएको छ । गाउँपालिकामा अहिले बाच्छी हुर्काउने कार्यक्रमअन्तर्गत बाच्छीको जन्मदर्ता गरिदिने, राम्रोसँग पालनपोषण गरे रु १० हजार अनुदान दिने तथा बीमा, औषधोपपचार गरिने व्यवस्थासमेत लागू गरिएको गाउँपालिकाले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖