जसपामा खटपट : संसदीय दलको नेता चुन्न सकस

काठमाडौं,जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले संसदीय दलको नेता बन्ने आकांक्षा राखेपछि नेता चयन हुन सकेको छैन ।

तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जना पार्टीबीच एकीकरण भएर बनेको जसपाले एक वर्ष हुन लाग्दा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन । पार्टीभित्र सहमति हुन नसक्दा दलको नेता चयन हुन नसकेको हो ।

एकीकृत भए पनि सिंहदरबारमा तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी संसदीय दलका अलग–अलग कार्यालय छन् । यसै गरी एकीकरण अघिकै अवस्थामा अलग–अलग प्रमुख सचेतक छन् । तत्कालीन समाजवादी पार्टीका तर्फबाट संसदीय दलको नेता उपेन्द्र यादव र प्रमुख सचेतक उमाशंकर अरगरैया छन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टीका तर्फबाट संसदीय दलको नेता महन्थ ठाकुर र प्रमुख सचेतक लक्ष्मणलाल कर्ण छन् । एउटै संसदीय दल बनाउन जसपाका शीर्ष नेता केही दिनदेखि गृहकार्यमा छन् ।आजको नागरिक दैनिकमा समाचार छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।