प्रदेशमन्त्रीको शपथ

मोरङ, प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम मुख्यमन्त्रीको सिफारिसमा मन्त्री तथा राज्यमन्त्री पदमा आज नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ ।

प्रदेश प्रमुख अधिकारीले नवनियुक्त मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्वुहाङ ९लिम्बू०, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री उषाकला राई र भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

यसैगरी मुख्यमन्त्री राईले नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा र भूमि व्यवस्था राज्यमन्त्री कला घलेलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेशका मन्त्री, कार्यालयका उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो । यसअघि २०७६ माघ ५ गते मुख्यमन्त्री राईले प्रदेश मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।