सार्वजनिक यातायातमा मास्क अनिवार्य

काठमाडौँ,कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दरमा बृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच आज भएको छलफलमा सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गर्ने निर्णय भएको हो ।

सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार आजको छलफलमा सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णयसमेत भएको छ ।

सार्वजनिक यातायातमा भौतिक दूरीलाई व्यवस्थित गर्ने, बसपार्कमा साबुनपानीले हात धुने व्यवस्था मिलाउने, अनुगमनलाई प्रभावकारी बनाउनेलगायतका निर्णय भएको बताइएको छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालयले सोको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।