होली पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : पर्यटनमन्त्री

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले फागुपूर्णिमा पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पु¥याउने बताउनुभएको छ ।

फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्ता पर्वले आपसी सद्भाव र भाइचारा अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ढकालले शुभकामना सन्देशमा कोभिड– १९ सङ्क्रमणको जोखिम कायमै रहेको अहिलेको अवस्थामा राज्यका व्यवस्थाभित्र रहेर स्वास्थ्य मापदण्डलाई अपनाएर मात्र फागुपर्व मनाउन पनि अनुरोध गर्नुभएको छ । उहाँले सत्यको विजयको प्रतिकका रुपमा यो पर्व मनाइने गरेको उल्लेख गर्नुभयो ।

पर्यटनमन्त्री ढकालले सन्देशमा भन्नुभएको छ, “नेपालमा आज पहाडी क्षेत्रमा र भोलि तराई क्षेत्रमा विशेष उल्लासपूर्वक रङ्गको प्रयोग गरेर मनाइँदै गरेको २०७७ सालको फागुपर्व (होली)का अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖