बेलायतका प्रधानमन्त्रीको आग्रह

लन्डन ,बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सबै सर्वसाधारण नागरिकलाई स्वास्थ्यका सुरक्षित मापदण्ड अपनाउन अपिल गर्नुभएको छ । बेलायतमा पुनः खेलकूद र बाहिर हिँडडूलका कामहरु शुरु भएका छन् । यस्तो अवस्थामा बेलायत फेरि पनि म,हा,मा,रीको संक्रमण बढ्दै गएकोले यसो नगर्न भनी आग्रह गर्नुभएको हो ।

बेलायतमा छ जनासम्म मानिस बाहिर जम्मा भएर हिँडडूल गर्न, आफ्ना घर तथा सार्वजनिक पार्कहरुमा पनि सानो संख्याका मानिस जम्मा हुन र साना तिना खेलकुदहरु गर्न दिने विषयमा बेलायतमा कुराकानी भइरहेको अवस्थामा यस्तो नगर्न भनिएको हो ।

प्रधानमन्त्री जोन्सनले अहिले पनि देशमा महामारीको निकै नै अप्ठेरो अवस्था छ भन्ने कुरा सबै नागरिकले मनन गर्नुपर्ने नै बेला रहेको पनि बताउनुभएको छ । बेलायतमा जनवरीको पहिलो हप्तादेखि लगाइएको कडाइको अवस्थामा सोमबार देखि केही खुकुलो गराइएको छ । योसँगै यहाँका नागरिकहरुले सबै नै खुला भएको महसुस गरेर हिँड्न र काम गर्न नहुने उहाँले बताउनुभएको छ ।

यहाँ मार्चको ८ तारिखदेखि विद्यालयहरु खुला गरिएको छ भने पहिले लगाइएको लकडाउनमा पनि हिजो सोमबारदेखि केही खुकुलो पारिएको छ । उहाँले यसअघि बेलायतमा घरमै बसौँ भन्ने नारा अघि सारिएकोमा अब भने आफ्नो समुदायमा बसौँ धेरै टाढा हिँडडूल नगरौँ भन्ने नारा अघि सारिएको बताउनुभयो ।

बेलायतमा सोमबारदेखि गरिएको व्यवस्थामा नागरिक घरबाट बाहिर निस्किन पाउने छन् । तर ठूलो संख्यामा जम्मा हुन र धेरै टाढाको यात्रा गर्न भने पाउने छैनन् । बेलायतमा अहिले पनि कोरोनाको नयाँ प्रजातिको भाइरसको प्रकोप धेरै देखिएको छ । यहाँ दैनिक संक्रमित हुने र मृ,त्यु हुने व्यक्ति घटेका छैनन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।