खोपपछि १० जनाको मृ,त्यु भएपछि कारण खोज्दै सरकार

कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृ,त्यु भएपछि मृ,त्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरु गरेको छ ।

म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृ,त्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान शुरु गरेको हो ।

खोपपश्चात् हुने अवाञ्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा.धनराज अर्यालका अनुसार मृत्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको भन्ने पत्ता लगाउन अनुसन्धान शुरु गरिएको हो ।

डा. अर्यालका अनुसार मृत्यु हुनेमा दीर्घरोगी, दम, मुटु तथा रोगसँग लड्ने क्षमता कमजोर भएका जेष्ठ नागरिकहरू रहेका छन् । उनीहरूका आफन्तले पनि मृ,त्युका कारण खोप नभई कालगति र अरू नै रोगका कारण भएको जनाएका छन् ।

तर, खोपको प्रभावका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्ने नियमका कारण सरकारले अनुसन्धान शुरु गरेको बताइएको छ ।यो समाचार आजको नेपालसमाचारपत्र छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖