सगरमाथाले जित्यो १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

नारायण कुमार राई/धनकुटा २९,चैत्र । १२ बिद्यालयहरुलाई पछि पार्दै १२ वटा स्वर्ण पदक जितेर १२ औ राष्ट्रपति तथा दोस्रो छथर गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता सिंधुवाको सगरमाथा मा.बि.बोर्डिङ्ग स्कुलले जितेको छ ।

सिंधुवाको खेल मैदानमा २ दिन सम्म सन्चलन भएको बिभिन्न १५ वटा खेलको प्रतिष्प्रधामा पालिकाका १० सामुदायिक र २ निजी मा.बिहरुलाई पछि पार्दै सगरमाथाले पहिलो स्थान ओगटेको हो । २७ र २८ गते सम्पन्न रनिङ्ग शिल्ड प्रतियोगितामा ५÷५ स्वर्ण ल्याएपछि रजत र काँस्य पद जितेको आधार सरस्वती मा.बि.सिंधुवा दोस्रो र चुलाचुली मा.बि.तेस्रो भएका छन् ।

१३ वटा एथलेटिक्स सहित भलिबल र कपर्दी खेलका लागि छात्र–छात्रा बिद्यामा भएको ३० स्वर्ण ३० रजत र ३० काँस्य पदका लागि ४८३ बिद्यार्थीहरुले प्रतिष्प्रधा गरेका थिए । यद्यपी खेलको आकर्षका रुपमा रहेको भलिवल र कवडी खेलमा भने छात्र भलिवल तर्फ सारदा मा.बि.हात्तिखर्क बोझेनी र छात्रा भलिवल सहित कवडीका दुबै खेलको उपाधी शिल्ड उप–बिजेता सरस्वती मा.बि.ले जितेको छ ।

यी खेलहरुमा भलिवल छात्र तफको दास्रो उपाधी हात्तिखर्ककै पन्चमीका भारती मा.बि र छात्रा तर्फ शिल्ड बिजेता सगरमाथाले जितेको छ । छात्रा तर्फको तेस्रो सेतो गुराँस जोरपाटीले जितेको छ भने छात्र तर्फको स्थान रनिङ्ग शिल्ड बिजेता सगरमाथाले जितेको छ ।

कवडी तर्फको दोस्रो स्थानमा छात्र तर्फ शिल्ड बिजेता सगरमाथा मा.बि.र छात्रा तर्फ महाकाली मा.बि. ताम्लिङ्गले जितेको छ । तेस्रो स्थानमा छात्र–छात्रा दुबै बिद्यामा चुलाचुली मा.बि.ताँखुवाले जितेको छ । अन्य एथलेटिक्स खेल तर्फ १५०० मिटर दौडको छात्र तर्फ प्रथम स्थान चुलाचुली मा.बि.ताँखुवाका सागर लिम्ब र छात्रा तर्फ सरस्वती मा.बि.सिंधुवाका लक्ष्मी घिमिरेले जितेका थिए ।

त्यस्तै दोस्रो स्थानमा छात्र तर्फ सरस्वती मा.बि.ताँखुवाका जीवन लिम्बू र दामोदर मा.बि.सिंभुवाका सुनिता भट्टराईले जितेका छन् । दोस्रो पुरस्कारमा छात्र तर्फ भारती मा.बि.हात्तिखर्कका ताराबीर लिम्बू र छात्रा तर्फ तिलेश्वर मा.बि. तेलियाका मनिषा बि.क.ले जितेका छन् । १०० मिटर दौडको छात्रा तर्फ सगरमाथा मा.बि.का पूजा मगर प्रथम,महाकाली मा.बि.का लिलामायाँ काफ्ले दोस्रो र भारती मा.बि.का गीता गजमेर तेस्रो भएका छन् ।

छात्र तर्फ सेतो गुराँस मा.बि.का सविन बि.क.प्रथम,सगरमाथा मा.बि.का शुसिल शेर्पा दोस्रो र सारदा मा.बि.बोझेनीका सनम लिम्बू तेस्रो भएका छन् ।४०० मिटर दौडको छात्रा तर्फ सगरमाथा मा.बि.का निशा बिष्ट प्रथम,सरस्वती मा.बि.का आस्था लिम्बू दोस्रो र सेतो गुराँस मा.बि.का योगता आले मगर तेस्रो भएका छन् ।

छात्र तर्फ सगरमाथा मा.बि.का प्रसान्त श्रेष्ठ प्रथम,महाकाली मा.बि.का राजेश भुजेल दोस्रो र सरस्वती मा.बि.का नोमिस तेस्रो भएका छन् । सटपुट तर्फ छात्र खेलमा सगरमाथा मा.बि.का अर्जुन लिम्बू प्रथम,चुलाचुली मा.बि.का देवान दिम्बू दोस्रो र सरस्वती मा.बि.का प्रकाश मगर तेस्रो भएका छन् । छात्रा तर्फ चुलाचुली मा.बि.का मनिता लिम्बू प्रथम,चुलाचुली मा.बि.का कल्पना भट्टराई दोस्रो र सरस्वती मा.बि.का निवाहाङ लिम्बू तेस्रो भएका छन् ।

लङजम्प तर्फको छात्रा तर्फको खेलमा चुलाचुली मा.बि.का शिला जोशी प्रथम,महाकाली मा.बि.का लीलामायाँ काफ्ले दोस्रो र सगरमाथा मा.बि.का पूजा मगर तेस्रो भएका छन् । छात्र तर्फको खेलमा सगरमा मा.बि.का शुसिल शर्मा प्रथम, सरस्वती मा.बि.का सौरप गुरुङ्ग दोस्रो र चुलाचुली मा.बि.का निकेश सुन्दास तेस्रो भएका छन् ।

ट्रिपल जम्प छात्र तर्फको खेलमा सगरमाथा मा.बि.का प्रशान्त श्रेष्ठ प्रथम,सरस्वती मा.बि.का सौरप गुरुङ्ग दोस्रो,चुलाचुली मा.बि.का निकेश सुन्दास तेस्रो भएका छन् । छात्रा तर्फ चुलाचुलीका शिला जोशी प्रथम,सगरमाथा मा.बि.का रुशा बिष्ट दोस्रो,सरस्वती मा.बि.का आकृति गुरुङ्ग तेस्रो भएका छन् ।

३०० मिटर दौड छात्र तर्फ सगरमाथा मा.बि.अर्जुन लिम्बू प्रथम,चुलाचुली मा.बि.का सागर लिम्बू दोस्रो र महाकाली मा.बि.का बालकर्ण नेपाली तेस्रो भएका छन् । छात्रा तर्फ सारदा मा.बि.का मविका लिम्बू प्रथम,सगरमाथा मा.बि.का प्रकृति कार्की दोस्रो र सरस्वती मा.बि.का आकृति गुरुङ्ग तेस्रो भएका छन् । ८०० मिटर दौडको छात्रा तर्फको खेलमा सरस्वती मा.बि.का लक्ष्मी घिमिरे प्रथम,महाकाली मा.बि.कमला श्रेष्ठ दोस्रो र भारती मा.बि.का गीता गजमेर तेस्रो भएका छन् ।

छात्र तर्फको खेलमा सगरमाथा मा.बि.का अर्जुन लिम्बू प्रथम,सरस्वती मा.बि.का जीवन लिम्बू दोस्रो र चुलाचुली मा.बि.का प्रकाश लिम्बू तेस्रो भएका छन् । ज्याब्लिन थ्रो छात्रा तर्फको खेलमा चुलाचुली मा.बि.का धनमायाँ राई प्रथम,सरस्वती मा.बि.का दालामू लामा दोस्रो र सरस्वती मा.बि.का टीका भूजेल तेस्रो भएका छन् । छात्र तर्फको खेलमा सारदा मा.बि.का सनम लिम्बू प्रथम,लक्ष्मी मा.बि.का सोनाम दर्लामी दोस्रो र चुलाचुली मा.बि.का निरमल श्रेष्ठ तेस्रो भएका छन् ।

२०० मिटर छात्र दौडमा सगरमाथा मा.बि.का प्रशान्त श्रेष्ठ प्रथम,चुलाचुली मा.बि.का निरमल श्रेष्ठ दोस्रो र सेतो गुराँस मा.बि.का सुजन बस्नेत तेस्रो भएका छन् । छात्रा तर्फको खेलमा सगरमाथा मा.बि.का पूजा मगर प्रथम,सरस्वती मा.बि.का मेलिना थापा दोस्रो र भारती मा.बि.का बिनिता लिम्बू तेस्रो भएका छन् । हाईजम्प छात्र तर्फ लक्ष्मी मा.बि.का हिमाल कार्की प्रथम,सदिप्त मा.बि.का दिपेश थापा दोस्रो र महाकाली मा.बि.का पोष्टबहादुर लिम्बू तेस्रो भएका छन् ।

छात्रा तर्फको खेलमा महाकाली मा.बि.का लिलामायाँ काफ्ले प्रथम,सरस्वती मा.बि.का आकृति गुरुङ्ग दोस्रो र सरस्वती मा.बि.का निशा बिष्ट तेस्रो भएका छन् । ४ गुना १०० मिटर रिले खेलको छात्रा तर्फ सगरमाथा मा.बि. प्रथम,महाकाली मा.बि.दोस्रो र चुलाचुली मा.बि. तेस्रो भएको छ ।

छात्र तर्फको खेलमा सेतो गुराँस मा.बि. प्रथम, सगरमाथा मा.बि. दोस्रो र चुलाचुली मा.बि. तेस्रो भएको छ ।

४ गुना ४०० छात्रा तर्फको रिले दौडमा सगरमाथा,सेतो गुराँस,लक्ष्मी मा.बि.क्रमश प्रथम,दोस्रो र तेस्रो भएका छन् । छात्र तर्फको खेलमा चुलाचुली,सगरमाथा,सेतोगुराँस मा.बि. क्रमश प्रथम दोस्रो र तेस्रो भएका छन् ।

बिजेता,उप–बिजेता बिद्यालय तथा बिद्यार्थीहरुलाई जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहान,गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू,उपाध्यक्ष भीमकला क्षेष्ठ,खेलकुद बिकास समिति छथरका चन्द्र लिम्बूले नगद,शिल्ड,मेडल र प्रमाण–पत्र दिएर सम्मान गर्नुभएको थियो ।

पालिकाको आयोजना तथा श्री सरस्वती मा.बि.सिधुवाको सह–आयोजनामा सम्पन्न भएको खेलमा राष्टिय निर्णायक सुरेश रिजालको संयोजकत्वमा ८ जनाको निर्णायक टोलीले खेल खेलाएको छ ।

खेलमा बिजेता र उप–बिजेता छात्र–छात्राहरुले बिद्यालयका तर्फकाट बैसाख ३ र ४ गते धनकुटामा सम्पन्न हुन गईरहेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।