स्वास्थ्य मापदण्ड पालना नगर्दा थप जोखिम

१ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो नदिएकोसमेत पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेकाको सन्दर्भमा ठोस योजना अघि सार्न सकेको छैन । कतिपय संक्रमित र उनीहरूका आफन्तमा पर्याप्त परामर्श व्यवस्था नहुँदा मानसिक समस्यासमेत देखिन थालेको छ ।

कतिपय ठाउँमा होम आइसोलेसनमा बसेका संक्रमितले जनस्वास्थ्य मापदण्ड पालना नगर्दा थप जोखिम बढेको देखिएको छ । तर, स्थानीय सरकारले पनि उनीहरूको निगरानी गरेको पाइएको छैन ।

स्वास्थ्य मन्त्रालयले २० जेठ २०७७ मा कोभिड–१९ आइसोलेसन व्यवस्थापन निर्देशिका जारी गरेको थियो । होम आइसोलेसन बस्दा हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठामा बस्ने व्यवस्था मिलाउन, उपचार अवधिभर बाहिर ननिस्किन र आवश्यक सामग्री परिवारका सदस्यमार्फत मगाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाअनुसार प्रत्येक दिन कम्तीमा तीनपटक ज्वरो जाँच गरी रेकर्ड राख्ने, हरेक दिन दुईपटक स्वास्थ्य अवस्थाबारे सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एसएमएसमार्फत जानकारी गराउनुपर्छ । तर, यो अवस्था कार्यान्वयनमा आउन भने सकेको छैन ।

त्यस्तै, होम आइसोलेसन बस्दा भाँडाकुँडा, कपडा धुन पञ्जा लगाउनुपर्ने उल्लेख छ । घरमा रहेका बिरामी नियमित अनुगमन गर्ने भनिए पनि त्यसो हुन सकिरहेको छैन ।

इपीडिमियोलोजिस्ट डा. विराज कर्माचार्यले होम आइसोलेसनमा नबस्दा ग्रामीण भेगमा समुदायस्तरमा संक्रमण फैलिने दर बढेको औंल्याए । गाउँमा निषेधाज्ञा उल्लघंन भइरहेको र सामाजिक कार्यसमेत जारी रहेको उनले बताए । राजधानी दैनिकमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖