पूर्व मन्त्री थापाको पहलमा स्थापित अक्सिजन प्लान्ट पूर्वी पहाडका जनताका लागि वरदान सावित हुंदै

धनकुटा,जेठ ८ । कोरोना भाईरसको म’हामारी तिव्र रुपमा फैलिरहेको समयमा धनकुटा अस्पतालमा स्थापित अक्सिजन प्लान्ट पूर्वी पहाडी जिल्लाका जनताका लागि अहिले बरदान सावित भएको छ ।

 

 

धनकुटा अस्पताल किकास समितिका तत्कालिन अध्यक्ष सुनिल कुमार डंगोलको अनुरोधमा तत्कालिन मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाको पहल जापान सरकारका सहयोगमा धनकुटामा दुई बर्ष अघि स्थापना भएको अक्सिजन प्लान्ट पूर्व पहाडी जिल्लाका लागि वरदान सावित भएको आज अक्सिजन प्लान्टको अवलोकन तथा निरिक्षण पछी धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

एक करोड रुपैया वरावरको लागतमा धनकुटा अस्पतालमा स्थापना गरिएको उक्त अक्सिजन प्लान्टबाट अस्पतालको वार्डमा रहेका विरामीहरुलाई पाईप लाईनबाट पनि अक्सिजन दिई दैनिक ३५ देखी ४० सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने धनकुटा अस्पतालका प्रमुख डा पुजन विश्वकर्माले वताउनु भयो ।

मुलुकभर अक्सिजनको चर्को अभाव भैरहेको अहिलेको समयमा पनि धनकुटा अस्पतालमा उपचारका लागि आउने धनकुटा जिल्ला सहित पूर्वी पहाडी जिल्लाका विरामीहरुका लागि धनकुटा अस्पतालमा पूर्व मन्त्री थापाको पहलमा स्थापना भएको सो अक्सिजन प्लान्ट अहिले जीवन दान भएको छ ।

अक्सिजनको अभावमा विरामीहरुको उपचारमा समस्या भई अकालमा मृ त्यु समेत हुने गरेकोले धनकुटा लगायत पूर्वी पहाडी जिल्लाहरुका जनतालाई बचाउन आफुले जापानी दुतावासलाई अनुरोध गरेर जापान सरकारको सहयोगमा अम्सिजन प्लान्ट स्थापना भएको पूर्व मन्त्री  थापाले वताउनु भयो ।

गत बर्ष कोरोना महामारीको समयमा पनि पूर्व मन्त्री थापाले धनकुटा जिल्लाका सवै स्वास्थ्य संस्था,नेपाली सेना,धनकुटा उद्योग बाणिज्य संघ,जिल्ला विपत व्यवस्थापन समिमि लगायत विभिन्न संघ संस्थाहरुलाई पि पि इ सेट,माक्स,हेण्ड वास,सेनिटाईजर,मास्क लगायत लाखौको स्वास्थ्य तथा सुरक्षित सामाग्रीहरु प्रदान गरी महत्वपूर्ण सहयोग गर्नु भएको जिल्ला विपत व्यवस्थापन समितिका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राईले वताउनु भयो ।

धनकुटा जिल्ला सहित पूर्वी पहाडी जिल्लाका लागि दात्तृ राष्ट, विभिन्न संघ संस्थाहरुलाई अनुरोध गरेर स्वास्थ्य लगायत अन्य विभिन्न सहयोगहरु समेत उपलब्ध गराउन पहल भैरहेको समेत कांग्रेस सहमहामन्त्री थापाले वताउनु भएको छ ।

गत बर्ष मात्र उहाँको पहलमा हिमालयन बैंकको सहयोगमा नेपाल नेत्र ज्योती संघ धनकुटाद्धारा सञ्चालित डा राम प्रसाद पोखरेल अस्पताललाई ३५ लाख वरावरको सहयोगमा फोको मेसिन लगायत अन्य उपकरण पनि उपलब्ध गराईएको थियो ।-फाइल फोटो

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।