गाउँमै ल्याब सेवा सञ्चालन

सिमकोट,जिल्लाको खार्पुनाथ गाउँपालिका सामुदायिक अस्पतालमा आधारभूत ल्याब सेवा सञ्चालन भएको छ । गएको कात्तिकमा स्थापना भएको ल्याबलाई बुधबार उद्घाटन गरेर सञ्चालनमा ल्याइएको छ ।

ल्याब सञ्चालनमा आएपछि सानो समस्याका लागि पनि जिल्ला अस्पताल सिमकोटमा धाउनु पर्ने गाउँपालिकाका बिरामीलाई सहज भएको छ ।

पहिले सामान्य बिरामी हुँदा उपचारका लागि सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा धाउनु पथ्र्यो तर अब गाउँपालिकामा ल्याब सेवा सञ्चालनमा आएपछि खार्पुनाथकावासीलाई गाउँमै सेवा प्रभाह हुने भएको गाउँपालिकाका स्वास्थ्य संयोजक वलिराज शाहीले बताउनुभयो ।

गाउँपालिकाको केन्द्र याङ्चु बजारमा स्थापना गरिएको ल्याबलाई गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल र उपाध्यक्ष रुपा शाहीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिकामा अबदेखि जटिल खाले बिरामीबाहेक अन्य बिरामीलाई पठाउनु नपर्ने स्वास्थ्य संयोजक शाहीको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।