धनकुटामा थपिए अहिले सम्मकै उच्च संख्यामा कोरोना संक्रमित

जेष्ठ ११,धनकुटा । धनकुटामा यस पटक अहिले सम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो पटक जिल्लामा गरिएको पिसिआर परिक्षणको रिपोर्ट अनुसार धनकुटाका थप १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।

थपिएका संक्रमितहरुमा धनकुटा नगरपालिकाका २० जना, महालक्ष्मी नगरपालिकाका ६३ जना,शहिदभूमी गाउँपालिकाका २४ जना,पाख्रिवास नगरपालिकाका ३ जना र छथरजोरपाटी गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभएको छ ।

संक्रण पुष्टि भएको यो संख्या अहिले सम्मकै सबैभन्दा वढी भएको उहाँले वताउनुभयो । दिनप्रतिदिन संक्रमण दर वढ्दै जाने क्रमलाई हेर्दा स्थिती थप भयावह हुन सक्ने अनुमान गरिएको छ ।

त्यसैले स्वास्थ्य शर्तकताका सम्पूर्ण मापदण्ड पालना प्रति सबैले थप ध्यान दिन आवश्यक रहेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।