धनकुटाका थप २८ मा संक्रमण पुष्टि,४७ संक्रमण मुक्त
धनकुटा । धनकुटाका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएकाो छ ।
जिल्लामा गरिएको पिसिआर परिक्षणमा धनकुटा नगरपालिकाका ९ जना, पाख्रीवास नगरपालिकाका ३ जना,
शहिदभूमी १ जना र एन्टिजेन परिक्षणमा छथर जेरपाटीका ६ जना र चौबीसे गाउपालिकाका ९ मा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो।
आज जिल्लाका ४७ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो समय जिल्लामा संक्रमण दर घट्न र निको हुने दर बढ्न थालेको प्रमुख गुरागाईले वताउनुभयो ।


