संचारकर्मी राईलाई कोरोना विमा बापतको १ लाख रुपैयाँको चेक हस्तान्तरण
धनकुटा,१६ असार । रेडियो भेडेटार धनकुटाकी प्रविधीक प्रमुख सुनिता राई कोरोना विमा बापतको १ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले कोरोना संक्रमित संचार कार्मिको कोरोना दावी भुक्तानी दिएको हो । बुधबार एक कार्यक्रका बिच जनज्योती बचत तथा ऋण सहकारी संघ धनकुटाका अध्यक्ष विकास घिमिरेले बिमा रकमको चेक हस्तान्तरण गर्नु भएको हो ।
बिमा रकम भुक्तानी कार्यक्रमा बोल्दै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीमा जनज्योती बचत तथा ऋण सहकारी संघ धनकुटाका र अध्यक्ष विकास घिमिरेले गरेको सहयोगको प्रशंसा गर्दै धन्यवाद दिनु भएको थियो ।
त्यस्तै सहकारी अध्यक्ष घिमिरेले विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसको समयमा समेत जनता लाई सुसुचित गर्ने पत्रकार लाई सहयोग गर्न पाउदाँ खुसी लागेको बताउदै आगामी दिनमा समेत आफ्नो सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।


