धनकुटामा पु:न थपियो निशेधाज्ञा
धनकुटा, असार १८ । कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यलय धनकुटाले असार २५ गते सम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञा समय थप गरेको छ ।
यस अघि आज राती १२ बजे सम्म लाई मात्र लागु गरिएको निषेधाज्ञालाई थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले जानकारी दिए ।
खाद्यन्न,तरकारी, फलफूलका पसल विहान ६ बजे देखि बेलुका ६ बजे सम्म खोल्न पाईने भएको छ । पुस्तक तथा पत्रपत्रिका पसल बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरि सन्चालन गर्न पाइने छ ।
बैंक तथा वितिय संस्था लाई सुरक्षा मापदण्डको पालना गर्दै नियमित रुपमा खोल्न दिईने भएको छ ।
विद्यालय, हाटबजार, सिनेमाहल लगायतका भिडभाड हुने अन्य संघ संस्थाहरु भने बन्द रहने छन् । खुला रहने स्थानहरु समेत संचालन गर्दा पूर्ण रुपमा स्वाथ्य मापदण्डको पालना भने अनिवार्य गर्नु पर्ने छ ।
कार्य स्थलमा काम गराउँदा पञ्जा, माक्स, सेनिटाइजर लगायतका स्वाथ्य सामग्री संवन्धीत रोजगार दाताले कामदारलाई उपलब्ध गराउन समेत भनिएको छ ।






