गरिब तथा अति विपन्न ४३ घरपरिवारलाई सूरक्षित आवास कार्यक्रम अन्र्तगत घरमा जस्तापाता छाना

असार १८,धनकुटा । धनकुटाको सहिदभुमि गााउँपालिकाको वडा नं ६ का गरिब तथा अति विपन्न ४३ घरपरिवारले सूरक्षित आवास कार्यक्रम अन्र्तगत जस्तापाताले घरमा छाना लगाएका छन् ।

सहिदभुमि गााउपालिकाको अध्यक्ष संग विपन्न कार्यक्रम ,नेपाल सरकारको सुरक्षित आवास कार्यक्रम र वडा सदस्य संग विपन्न कार्यक्रम मार्फत वडा नं ६ का ४३ घरपरिवार लाई आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेट मार्फत प्रतिव्यक्ति ५० हजारका दरले २१ लाख बराबरको जस्तापाता खरिद गरेर वितरण गरिएको वडा अध्यक्ष हेम कुमार राईले जानकारी दिनुभयो ।

वडा र गाँउपालिकाले गरिबको रेखामुनी रहेका पराल तथा खरको छाना भएका र विभिन्न प्रकोपका कारण घरवार विहिन भएका परिवार छनौट गरी त्यस्ता परिवार लाई सुरक्षित आवासको व्यवस्था र जस्तापाता वितरण गर्दै आईरहेको वडा कार्यलयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।