नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईको पहलमा धनकुटाको लागि २० अर्ब ३ करोड ३० लाख बराबरको बजेट विनियोजन
असार १८,धनकुटा । संघिय प्रतिनिधि सभा सदस्य एवंम नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राईको पहलमा आर्थिक वर्ष २०७८।०७९ मा विभिन्न मन्त्रालयबाट २० अर्ब तिन करोड ३० लाख बराबरको बजेट विनियोजन भएको छ ।
जस अनुसार धनकुटा नगरपालिकामा १ अर्ब ५ करोड ७४ लाख , पाख्रीबास नगरपालिकामा १ अर्ब ९६ करोड ४८ लाख, महाललक्ष्मी नगरपालिका ६१ करोड ६५ लाख , छथरजोरपाटि गााउपालिका ७० करोड ५४ लाख,सहिदभुमि गााउपालिका १ अर्ब १५ करोड ६२ लाख,चौबिसे गााउपालिका ३७ करोड ३६ लाख ९९ हजार, सागुरीगढी गााउपालिका १ अर्ब १४ करोड ३४ लाख सहित जम्मा ७ स्थानिय तहलाई ७ अर्ब २ करोड ९९ लाख वरावरको योजना सञ्चालन हुने छ ।
त्यस्तै राष्ट्रिय गौरवको वहुवर्षीय आयेजना अन्र्तगत १३ अर्व ३० करोड को योजना सञ्चालन हुने अध्यक्ष राईका स्वकिय सचिव महेन्द्र गिरीले जानकारी दिनुभयो यी आयोजनाहरु आउदो भदौबाट शूरु हुने जनाईएको छ ।
हेर्नुहोस् कुन कुन पालिकामा के के योजना सञ्चालन हुँदैछन् ?







