धनकुटाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि
असार १९,धनकुटा । आज धनकुटाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ सय ६२ पुगेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार पिसिआर विधिबाट ४५ सय २७ जनाको कोरोना परिक्षण गर्दा १ हजार ५३ जना र २३ सय ४३ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ७ सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये १४ सय ६५ जना निको भईसकेका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २७३ रहेकोमा २३९ जनाको होम आईशोलेसनमा, २३ जनाको संस्थागत आईशोलेसनमा र ११ जनाको अस्पतामा उपचार भईरहेको केन्द्रले जनाएको छ ।
अहिलेसम्म जिल्लामै कोरोना परिक्षण गराई नतिजा पोजेटिभ आई उपचारको क्रममा जिल्लामै र अन्य जिल्लामा निधन हुनेको संख्या २५ पुगेको केन्द्रको तथ्याङ्क छ ।


