आठपहरिया जातिको ५० लाख लागतमा संस्कृति पर्यटन प्रवद्धन संग्रहलय भवन निर्माण कार्य सुरु
धनकुटा,असार २० । धनकुटा जिल्लामा बसोबास गर्ने आठपहरिया जातिको ५० लाख लागतमा संस्कृति पर्यटन प्रवद्धन संग्रहलय भवन निर्माण कार्य सुरु भएको छ ।

नेकपा एमाले धनकुटाका अध्यक्ष तथा संघिय प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राईले आज एक कार्यक्रमका बिच आठपहरिया जातिको संस्कृति पर्यटन प्रवद्धन संग्रहलय भवनको शिलान्यास गर्नु भएको हो ।
संग्रहलय भवनको शिलान्यास गर्नु हुदै पार्टी अध्यक्ष तथा संघिय प्रतिनिधि सभासदस्य राईले नेपालको एक सम्पत्ति आठपहरिया समुदाय भएकाले आठपहरिया समुदायको उत्थान विकास तथा समृद्धिको लागि महत्वपूर्ण काम भईरहेको बताउनु भयो ।
आठपहरिया समुदायको संस्कार संस्कृतिलाई पर्यटकिय रुपमा विकास तथा प्रवद्धन गर्न आवश्यक रहेको भन्दै उहाले संग्रहलय निरामाण पछि आठपहरिया समुदायको थप विकास तथा प्रवद्धनमा सहयोग पुग्ने विस्वास व्यक्त गर्नु भयो ।

नेपाल सरकारले आठपहरिया समुदायलाई पनि सुचिकृत गरि अन्य समुदायलाई जस्तै गरी अधिकार दिनु पर्ने भन्दै यस विषयमा आफुले कुरा उठाईरहेको जानकारी गराउनु हुदै आठपहरिया समुदायलाई सुचिकृत गर्ने जिम्मा आफ्नो भएको बताउनु भयो । साथै उहाले ४ वर्षको अबधिमा धनकुटाको विकास तथा समृद्धिका लागि विभिन्न राष्ट्रिय गौरवका ५ वटा योजना सहित सडक ,पर्यटन ,कृषि लगायतका क्षेत्रमा तिव्रगतिमा काम भइरहेको जानकारी गराउनु भयो ।
जनतालाई हल्लाको पछि नलाग्न आग्रह गर्दै जनताको लागि काम गर्ने पार्टी नेकपा एमाले मात्र रहेको ठोकुवा गर्नु भयो । त्यस्तै गरी उहाले शिक्षा क्षेत्रको विकास तथा गुणस्तिरिय शिक्षाका लागि ३ सय भन्दा बढि सुबिधा सम्पन्न नमुना भवन निमार्ण गरिसकेको जानकारी दिनु भयो । सधै जनातालाई सिरमा राखेर जनताको जे समस्या छ त्यो पुरागर्ने गर्ने र हिजो जनतामाझ बोलेका प्रतिवद्धताहरुको काम निरन्तर अगाढि बढिरहेको जानकारी दिनु भयो ।

त्यस्तै गरी कार्यक्रममा धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले निर्वाचनको समयमा धनकुटामा बसोबास गर्ने आठपहारिया जातिको घर फुसको छानो मुक्त बनाउने र संग्राहलय निमार्ण गर्ने कुरा अहिले पुरा हुदै गइरहेको बताउनु भयो । साथै उहाले अहिले आठपहरिया समुदाय समृद्धिको विन्दु तर्फ अगाडि बढाउने प्रयास भईरहेको बताउनु भयो ।
धनकुटामा २३ प्रतिशत आठपहरिया समुदायको बसोबास रहेकाले अन्य विकास निमार्णका काम भएपनि अन्तत आठपहरिया समुदायको उत्थान तथा उन्नयन भएन भने धनकुटाले समृद्ध हासिल गर्न नसक्ने भएकाले नगरपालिकाले आठपहरिया समुदायको आर्थिक विकासका लागि पहल भइरहेको जानकारिदिनु भयो ।
आठपहरिया समुदायको संग्रहलय भवन संघिय सरकार बाट प्राप्त ५० लाख लगतमा विहिवारे हटिया, मार्गदेवी मन्दिर परिसरमा निमार्ण कार्य सुरुभएको छ ।
कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष जम्शेर छाराहाङ , आठपहरिया समाजका जिल्ला अध्यक्ष अष्ट बहादुर राई , नेकपा एमाले धनकुटा नगर ईन्र्चाज नरेन्द्र पोख्रेल ,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगायतले बोल्नु हुदै आठपहरिया समुदायको उत्थान विकास र समृद्धिका लागि तिनै तहका सरकारले जोडदिनु पर्ने बताउनु भयो ।

कार्यक्रम किरात आठपहरिया संग्राहालय निमार्ण उपभोक्ता समिति धनकुटाका अध्यक्ष कोमल किन्दङ आठपहरियाको अध्यक्षतामा सम्पन्न भएको शिलन्यास कार्यक्रममा आठपहरिया समाज उत्थानका सदस्य तथा पदाधिकारीहरु , आठपहरिया समाजका जिल्लाका पदाधिकारीहरु नेकपा एमाले धनकुटा नगर अध्यक्ष अर्जुन छाराहाङ, वडा सदस्य रामकुमारी राई , नेपाल खेलकुद माहासंघका उपाध्यक्ष दालामु सेर्पा ,पाटीका नगर सह ईन्चार्ज रामकुमारी राई लगायतको उपस्थिति रहेको थियो ।


