पाख्रीबास ४ का वडा अध्यक्ष निरौलाको रिहाइको माग सहित धनकुटाका विपक्षी गठबन्धन दलहरुले नारा जुलुस सहित पाख्रिवास नगरपालिकाको कार्यालय घेराउ

धनकुटा,२२ असार । नेपाली कांग्रेस सहित विपक्षी चार गठबन्धन दलहरुद्धारा आज धनकुटाको पाख्रिवासमा नारा जुलुस सहित पाख्रिवास नगरपालिकाको कार्यालय घेराउ गरी विरोध सभा गरेका छन ।

धनकुटाको पाख्रिवास बजारबाट शुरु भएको नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र,जसपा र नेकपा एमाले माधव समुहको आयोजनामा नारा जुलुसले पाख्रिवास बजारको विभिन्न भागहरुको परिक्रमा गरी पाख्रिवास नगरपालिका कार्यालय घेराउ गरी पु:न जुलुस लगाउदै बजारमा आई विरोध सभा गरेका हुन ।

विरोध जुलुस तथा पाख्रिवास नगरपालिका घेराउ कार्यक्रममा नेपाली कांग्रेस धनकुटका सभापती अग्नी प्रसाद पौडेल,उपसभापती नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,सहसचिव सिता श्रेष्ठ,कोषाध्यक्ष दिनेश राई,नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना, सचिवालय सदस्य हेमचन्द्र किराती,नेकपा मााधव समुहका अध्यक्ष अर्जुन राई,डिप्लप राई,जसपा धनकुटाका अध्यक्ष बल वहादुर राई,उपाध्यक्ष पार्वती राई,सचिव श्रीराम रायमाझी लगायतका जिल्ला तथा पाख्रिवासका चार वटै पार्टीका नेताहरुको नेतृत्वमा सयौको सहभागीता रहेको थियो ।

विरोध जुलुस तथा पाख्रिवास नगरपालिका घेराउ कार्यक्रम पछी आयोजित विरोध सभालाई नेपाली कांग्रेस धनकुटाको तर्फबाट सचिव  राई,कोषाध्यक्ष दिनेश राई,नेकपा एमाले माधव समुह धनकुटाका अध्यक्ष अर्जुन राई,नेकपा माओवादी केन्द्र धनकुटाका सचिवलाय सदस्य हेमचन्द्र किराती,ओम प्रकाश निरौला,ससपा धनकुटाका उपाध्यक्ष पार्वती राईले विकास विरोधी र जनविरोधी पाख्रिवासका ओली पक्षिय जनप्रतिनिधिहरुको ज्यादती र दुव्र्यवहारको प्रतिवाद गर्न सवैलाई आव्हान गर्नु भयो ।

नेपाली कांग्रेस पाख्रिवास नगरका संयोजक ज्ञान वहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र पाख्रिवासका अध्यक्ष मुक्ति वजगाईले गर्नु भएको थियो ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ,जिल्ला सदस्यहरु सुमना तिम्सिना,अम्विका परियार,गोरख वहादुर पिठाकोठे,राजेन्द्र पौडेल,अमित लो तामाग,मिन वहादुर कार्की,विर वहादुर तामाग,रुकमान तामांग, नेपाल तरुण दलका क्षेत्रिय अध्यक्ष तिलक महत,यूवा नेता मदन घिमिरे,असित थापा,नेपालमहिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,जिल्ला उपाध्यक्ष अम्विका धमला,गंगा गुरुग,ज्योती गुरुग,गणेश गुरुग,धनकुटा नगर सभापती निरुपा राई,तरुण डिफेन्स फोर्स पाख्रिवासका संयोजक बिमल गुरुग,नेपाल तरुण दल पाख्रिवासका अध्यक्ष रवी राई,नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य सर्मिला राई ,कृष्ण कटुवाल,जसपाका पाख्रिवास नगरका अध्यक्ष जितेन्द्र राई,सर्मिला राई, लगायतका सयौ नेताहरुले पाख्रिवास नगरपालिकाको घेराउ कार्यक्रममा सहभागीता जनाउनु भएको थियो ।

विपक्षी चार गठनबन्धनका १५ जना नेताहरुलाई लगाएको झुठा मुद्धा तत्काल फिर्ता हुनु पर्ने, पाख्रिवासका ओली पक्षीय जनप्रतिनिधिहरुबाट भएको ज्यादती र दुव्र्यवहार विरुद्ध मुद्धा दर्ता गर्नु पर्ने, पक्राउ परेका पाख्रिवास वडा नं. ४ का वडाध्यलाई बिना शर्त रिहा गर्नु पर्ने लगायतका मागहरु राख्दै धनकुटाका चार विपक्षी गठबन्धन सशक्त आन्दोलनमा दैनिक रुपमा उत्रिएको नेपाली कांग्रेस धनकुटाका सचिव राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।