धनकुटाका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

असार २३,धनकुटा । आज धनकुटामा ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै जिल्लामा जम्मा संक्रमित संख्या १८ सय ८० पुगेको छ । संक्रमित मध्ये १६ सय ६ जना निको भईसकेका छन् । आज जिल्लामा ९४ जना संक्रमण मुक्त भए सँगै निको हुनेको संख्या १६ सय ६ पुगेको जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांक छ ।

हाल सक्रिय संक्रमितको संख्या २४९ रहेको मध्ये २१९ जना होम आईशोलेसनमा, २० जना संस्थागत आईशोलेसनमा र १० जना अस्पतालमा उपचाररत रहेको केन्द्रले जनाएको छ ।

यो पनि

खानेपानीमा देखिएका समस्या समाधान गर्न माग

धनकुटा २३ असार ,नागरिक समाज धनकुटाले धनकुटा नगरपालिकाका नगर प्रमुख एवम् खानेपानी उपभोक्ता समितिका अध्यक्ष चिन्तन तामाङ्ग लाई धनकुटा नगरपालिकामा खानेपानी मा देखिएका समस्या समाधान गर्न माग गरेको जनाएको छ ।

समाजले नगर प्रमुख समक्ष शुद्ध पानीको ब्यवस्थापन गर्नु पर्ने । महङ्गो पानीको न्युनतम शुल्क घटाउनु पर्ने, धनकुटा नगरमा स्वच्छ र शुद्ध पानीको दीर्घकालीन ब्यवस्थापन गर्नु पर्ने,खानेपानीको हिसाब किताब पारदर्शी गर्नु पर्ने, भ्रष्टाचार र घोटाला गर्नेलाई अनुसन्धान र खोजी गरि कार्वाही गर्नु पर्ने खानेपानी उपभोक्ताहरुको पिडालाई सम्मान गर्नु पर्ने लगायतका माग गरिएको नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठले जानकारी दिनु भयो ।

नागरिक समाजले राखेका मागहरु प्रति नगरप्रमुख सकारात्मक देखिनु भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।