चुलाचुली माविको नयाँ भवन निर्माण तथा प्राविधिक धार अन्तरगत बाली विज्ञान विषयको अध्ययन शुरु
असार २३,धनकुटा । धनकुटाको छथरजोरपाटी गााउँपालिकाको चुलाचुली माध्यमिक विद्यालयमा शैक्षिक स्तर सुधारका लागि नयाँ भवन निर्माण तथा प्राविधिक धार अन्तरगत बाली विज्ञान विषयको अध्ययन शुरु गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत गाँउपालिकाको चुलाचुली माध्यमिक विद्यालयमा दुईतले ४ वटा कोठा भवन निर्माण गरिएको प्रधानध्यापक धर्मराज थोक्लेनले बताउनु भयो ।
यो भवन नेकपा एमाले धनकुटाका अध्यक्ष एवम प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राईको पहलमा आर्थिक वर्ष २०७७/०७८ को विनियोजित बजेट ६२ लाख बाट निर्माण गरिएको वहॉंको भनाई छ । भवन निरामाण पछि भवन अभावको समस्या समाधान हुनुका साथै थप पठनपाठनका लागि सहज भएको बताउनु भयो ।
नयाँ भवनका लागि ग्रील बाट बनाएको छिमेक लघुवित्त संस्था र विद्यालयको साझेदारीमा ४ लाख ९४ हजार बराबरको डेक्स बेन्च ४० जोर खरिद गरिएको विद्यालयले जनाएको छ । त्यस्तै गरी विद्यालयमा यसै वर्ष देखि कक्षा ९ बाट प्राविधिक धार अन्तरगत बाली विज्ञान विषयको पढाईको व्यवस्था गरिएको प्रधानाध्यापक थोक्लेनले बताउनु भएको छ ।
अहिले बाली बिज्ञान विषयको भर्ना आवेदन खुल्ला गरिएको जानकारी दिनुभएको छ । अहिले सम्म गाँउपालिका भित्रका २२ जना विधर्थीले आवेदन फारम भरिसकिएको विद्यालयले जनाएको छ । विद्यालयमा गत साल ५ सय ८१ भन्दा बढि छात्राछात्र अध्ययन गरिरहेकोमा यस वर्ष देखि प्रविधिक शिक्षा थप गरिएका कारण विद्यार्थी वृद्धि हुने आंकलन गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा अहिले कक्षा १२ सम्म पढाई हुदै आइरहेको छ । त्यस्तै गरी गााउपालिकाको विभिन्न वडामा अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत विद्यालयमा अपाङग मैत्री चौचालय निमार्ण, बालउद्यानको व्यवस्था, विद्यालयको भवन स्तरोन्ति तथा पुनर्निर्माण लगायतका काम भइरहेको गाउंपालिका अध्यक्ष सेर बहादुर लिम्बूले बताउनु भयो ।


