धनकुटामा आज थपिए १४ कोरोना संक्रमित

असार २५,धनकुटा । आज धनकुटामा १४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा जम्मा संक्रमित संख्या १९ सय ४ पुगेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार आज जिल्लाका ७ जना केरोना मुक्त भएका छन् ।

अहिले सम्म जिल्लामा जम्मा निको हुनेको संख्या १६ सय ८४ पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १९५ पुगेको छ । ती मध्ये १६४ होम आईशोलेसनमा, २० जना संस्थागत आईशोलेसनमा र ११ जना संस्थागत आईशोलेसनमा उपचाररत रहेको केन्द्रले जनाएको छ ।

यो पनि

धनकुटा । धनकुटामा असार ३१ गते राती १२ वजे सम्म निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थपन केन्द्रको आज वसेको वैठकले असार ३१ गते राती १२ वजे सम्म निषेधाज्ञ थप गर्ने निर्णय गरेको हो । जिल्लामा अपेक्षाकृत रुपमा कोरोना संक्रमण दर नघटेपछि यसको जोखिम नियन्त्रणका लागि जिल्लभर लागु हुने गरे उल्लेखित मिति सम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले वताउनु भएको छ ।

निषेधाज्ञाको समयमा गरिने अतिआवश्यक कामहरु गर्दा नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्डका सम्पूर्ण नियम पालना गर्न प्रशासनले जिल्लावासीलाई आग्रह गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖