फिटनेश सेन्टर स्थापना
असार २८,धनकुटा । वडावासीलाई मानसिक, शारिरीक एवम् सामाजिक रुपमा स्वास्थ्य राख्न मद्दत पुर्याउने लक्षका साथ धनकुटा नगरपालिका ६ मा फिटनेश सेन्टर स्थापना गरिएको छ ।

धनकुटा नगरपालिका वडा नं ६ को ५ लाख आर्थिक सहयोगमा फिटनेश सेन्टर स्थापना गरिएको हो । यो फिटनेस सेन्टरले वडावासीलाई शारिरीक मानसिक एवम् सामाजिक रुपमा स्वस्थ्य रहन मद्दत पुग्ने अपेक्षा गरिएको वडा नं ६ का अध्यक्ष नरेश श्रेष्ठले वताउनु भएको छ ।
वौद्धिक विकास समाज समितिले उपलब्ध गराएको ठाउँमा स्थापित फिटनेश सेन्टरको एक कर्यक्रमको वीच वडाध्यक्ष श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा वौद्धिक विकास समाज समितिका अध्यक्ष जिवन श्रेष्ठ, जनउत्त्थान बहुउद्देश्य सहकारीका अध्यक्ष दिनेश राई, धनकुटा नगरपालिका वडा नं ६ वडा सदस्य मिलन खड्गी, रेडियो भेडेटारका स्टेशन प्रमुख पूर्ण चौधरी लगायगले शूभकामना मन्तव्य रखेका थिए भने फिटनेश सेन्टरका संयोजक रुपेश श्रेष्ठले सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


