धनकुटामा आज थप ६९ जनामा कोरोना संक्रमित पुष्टि
असार २८,धनकुटा । आज धनकुटामा ६९ जना कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या १९ सय ८५ पुगेको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज दिउसो सम्मको तथ्यांक अनुसार ४६ सय २१ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार १ सय ४ र २६ सय ६६ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ८ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित भएका मध्ये १७ सय ३४ जना निको भईसकेका छन् । आज जिल्लाका १० जना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या त्यती पुगेको हो ।
हाल जिल्लामा २२६ जना सक्रिय संक्रमित छन् । ती मध्ये २०७ जना होम आईशोलेसनमा, १३ जना संस्थागत आईशोलेसनमा र ६ जना अस्पतालमा उपचाररत रहेको केन्द्रको तथ्यांक छ ।


