वडा अध्यक्षले सार्वजनिक रुपमा माफी माग्नुपर्ने

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाका मेयर र संघीय प्रतिनिधि सभासदस्य तथा नेकपा एमाले पार्टी अध्यक्ष माथि योजनाका काममा कमिसन लिएको भनी लगाएको आ’रोप गलत भएको भन्दै स्थानीयले आम जनता माझ भ्रम छर्ने काम भएको भन्दै आरोप लगाउने सोवित निरौलाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।

गत असार १० गते पाख्रिबास नगरपालिका मा तो’डफो’ड तथा जनप्रतिनिधि माथि हा’तपात गर्ने घट्नाका योजनाकार मानिएका सोही नगरका वडा अध्यक्ष निरौला गि’रफ्तारी दिइ रिहाइ पछि मिडियामा बोलेर लगाईएको आ’रोप गलत भएको स्थानीय उत्तम कट्टुवालले बताए ।

४ वर्षको अबधिमा कुनैपनि काम चित्त बुझ्दो नगरेको भन्दै किसानको लागि योजनाका सामाग्री आफै प्रयोग गर्ने,आफ्नो परिवारलाई मात्र प्राथमिकता दिएको कट्टुवालले बताए साथै उनले हरेक विकासे आयोजनामा पनि भ्रष्टाचार गरेको आ’रोप लगाएका छन् ।

त्यस्तै गरि सोही वडाका समाजसेवी तथा बुद्धिजीवी राम बहादुर खड्काले पनि संघीय सॉंसद गरिव जनताको नेता भएकोले जनतालाई सेवा सुविधा दिनका लागि संघर्ष गरेर योजना ल्याई रहेको मान्छेले भ्रष्टाचार गर्ने कुरा कल्पना गर्न नसकिने बताए ।

आफुले नजिकबाट बुझेको जिल्लाको नेता भएको भन्दै अहिलेसम्म पाख्रिबासमा ६ पटक सम्म देशको प्रधानमन्त्री भएकाले एक सिन्को विकास गर्न सकेका थिएनन् तर अहिले राजेन्द्र राईको नेतृत्व पहल कदमीमा विकासका काम अगाडि बढिरहेको भन्दै आ’रोप लगाउने निरौलाले मेरो भोटको समेत अपमान गरेको महसुस गरिरहेको बताएका छन्। वडा नं ४ बासी जनताको मत माथि लात हान्ने काम भएको भन्दै यस्को मुल्य मंहगो पर्ने बताए ।

कुनै प्रमाण तथ्य बेगार लगाएको भ्रष्टाचारको आ’रोप तथा चरित्र ह’त्या गर्न खोजिएको भन्दै तत्काल कार्वाही गर्नुपर्ने र सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताए ।

त्यस्तै गरि वडाअध्यक्ष निरौलालाई कुनै पनि हालतमा अध्यक्ष मान्न नसक्ने भन्दै उन्को ठाउँमा तत्काल अर्को कार्यवाहक वडा अध्यक्ष नियुक्त गर्नुपर्ने माग गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖