औद्योगिक ग्राम निर्माणका लागि ९ सदस्यीय जग्गा व्यवस्थापन सिफारिस समिति गठन

असार ३०,धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिकाले औद्योगिक ग्राम निर्माणका लागि ९ सदस्यीय जग्गा व्यवस्थापन सिफारिस समिति गठन गरेको छ ।

समितिका संयोजकमा पूर्व खुवाफोक गाविस अध्यक्ष नरेन्द्र याख्खा,सहसंयोजक नरोत्तम लिम्वु र सचिवमा सुदिप याख्खा रहेका छन् । अन्य सदस्यहरुमा ललित याख्खा,दिल कुमारी लिम्वु,महेन्द्र माझी,दिपक कार्की,टेक वहादुर कार्की र अस्मिता लिम्वु रहेका छन् ।

समितिलाई १५ दिन भित्र युपयुक्त जग्गा छनौट गरी गाउँपालिकामा सिफारिस गरि पठाउन गाउँपालिका अध्यक्ष कुमारजङ याख्खाले आग्रह गर्नुभएको छ ।

नेपाल सरकारले औदोगिक ग्राम निर्माणका लागि मापदण्ड तोकेअनुसार जग्गा उपयुक्त छकी छैन भनि आजै संघिय सांसद राजेन्द्र राई, गाउँपालिका अध्यक्ष याख्खा,३ नं वडाध्यक्ष राज कुमार राई,गाउँपालिका सदस्य वालकृष्ण राई,फुलकुमारी लिम्वु, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष विजय लिङ्खा, सहईञ्चिार्ज निर्मला ईवाहाङ लगायत कुसेटार र डुम्रे का स्थानियले अवलोकन गरेका छन् ।

सो क्रममा संघिय सांसद राईले १ अर्ब भन्दा वढीको औद्योगिक ग्राम बन्ने भएकोले चाडो भन्दा चाडो स्थान छनौट गर्न गाउँपालिका तथा वडालाई आग्रह गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।