नेपालका प्रथम जननिर्वाचित नेता विपिको विचारलाई अनुशरण गर्नु पर्नेमा जोड

श्रावण ६,धनकुटा । नेपालका प्रथम जननिर्वाचित नेता विशेश्वर प्रसाद कोईरालाको विचारलाई कांग्रेसले विर्सिदै गएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् ।

विपी स्मृती दिवसको अवसरमा आज नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको विपि विचार विषयक कार्यक्रममा उनिहरुले त्यस्तो गुनासो गरेका हुन् । विपि को विचार अहिले पनि उत्तिकै सान्र्दभिक भएर पनि नेताहरुले उहाँलाई विसंदै गएको कार्यक्रममा सहभागीहरुले वताएका छन् ।उनिहरुले वि पि को विचार अहिले पनि उत्तिकै सान्र्दभिक भएकाले नेताहरुले उहाँको विचारलाई पूर्ण रुपमा अनुसरण गर्नु पर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्यको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रेदश सभाका सांसद लिला सुब्बा, संविधान सभाका सदस्य अञ्जना ताम्ली, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,रविन्द्र नेपाली,सहसचिव सिता श्रेष्ठ,महासमिति सदस्य रमेश राई, नेपाल शिक्षक संघ १ नम्वर प्रदेशका उपाध्यक्ष गंगाराम ढुंगाना,नेपाल महिला संघकी पूर्व अध्यक्ष टिका भण्डारी, जिल्ला उपाध्यक्ष अम्विका धमला लगायतले गाउँका जनताको भलाई हुने नीति र कार्यक्रम ल्याउनु नै समाजवाद हो भन्ने मान्यता राख्ने प्रथम जननिर्वाचित नेता विपि कोईरालाको विचारलाई अनुशरण गर्नु पर्नेमा जोड दिएका हुन् ।

विपिको विचारबाट अघि बढे मुलुकले फेरी निकास पाउने नेताहरुले वताएका थिए । कार्यक्रममा पार्टीका जिल्ला सदस्य राजेन्द्र पौडेल,नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, कांग्रेस नगर उपसभापति मलिन खड्गी, सदस्य भैरव पाचकोटी,नेपल तरुण दल धनकुटका जिल्ला उपाध्यक्ष युवराज पराजुली, नेपाल आदिवासी जनजाती संघ धनकुटाका जिल्ला उपाध्यक्ष मिना लुम्बा,विपि चिन्तन अध्ययन प्रतिष्ठान धनकुटाका अध्यक्ष धिरेन्द्र मिश्र, कांग्रेस धनकुटाका कम्प्युटर अपरेटर भरत श्रेष्ठ लगायतले महामानव विपिको तम्विरमा माल्यपर्ण गर्दै श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको विचारको महत्वको वारेमा प्रकाश पारेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖