पुष्पलाल श्रेष्ठ स्मृति दिवसको अवसरमा पाख्रीवासमा वृक्ष रोपण तथा नगर स्तरिय कार्यकर्ता भेला सम्पन्न

धनकुटा,साउन ७ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आज धनकुटाको पाख्रीवासमा वृक्ष रोपण तथा नगर स्तरिय कार्यकर्ता भेला सम्पन्न गरिएको छ ।

नेपाल कम्युष्टि पार्टी एमाले (माधव नेपाल समूह)पाख्रीवास नगर कमिटीको आयोजनामा भएको कार्यक्रममा पाख्रीवासको पर्यटकीय स्थल संसारीमाई सिमसार क्षेत्रमा धुपीका विरुवाहरु रोपीएको हो ।

त्यस्तै नेकपा एमाले माधव समूहका नगर अध्यक्ष सोवित निरौलाको अध्यक्षता तथा प्रदेश कमिटी सदस्य एवम् जिल्ला ईन्चार्ज धर्मराज पौडेलको प्रमुख आतिथ्यमा भएको नगर स्तरिय कार्यकर्ता भेलामा पार्टीको सिद्धान्त तथा राज्यको नीति अनुसार काम गर्ने,जनअपेक्षा अनुसारको काम गर्ने लगायतको वारेमा छलफल भएको छ । त्यस्तै केही दिनमै ४४ सदस्यीय नगर अनेम संघ, ६१ सदस्यीय युवा संघ गठन गर्ने लगायतका विषयमा छलफल तथा निर्णय गरिएको छ ।

कार्यक्रममा वोल्दै पाख्रीवास नगरपालिका ४ नं वडाध्यक्ष समेत रहेका नेकपा (नेपाल समूह )पाख्रीवास नगर कमिटी अध्यक्ष निरौलाले वडा सचिव सरुवा भएपछि वडाको काममा समस्या भएको वताउनु भएको छ । उहाँले वडा सचिव सरुवा भएपछि जनताको काममा समस्या भएको भन्दै वडामा चाँडो सचिवको व्यवस्था गर्न नगर समक्ष अनुरोध गर्नुभयो । यदि ढिलो भए सकेसम्म छिटो सचिवको व्यवस्था गर्न नगरमा माग गर्ने र माग पत्रको वोधार्थ जिल्ला प्रशासन,जिल्ला प्रहरी तथा ईलाका प्रहरी कार्यालयमा समेत पेश गर्ने योजना रहेको उहाँले वताउनुभयो ।

यता नगरप्रमुख वृष वहादुर राईले भने नगरका केही सचिवहरु हेरफेर गरिएकोमा वडा ९ का सचिवलाई वडा ३,वडा ३ का सचिवलाई वडा ४ र वडा ४ का सचिवलाई वडा ९ मा पठाइएको भएपनि वडा ४ का अध्यक्ष निरौलाले सचिवलाई वडामा हाजिरी गर्न नदिएपछि ३ र ९ का सचिवहरुले साविककै वडामा काम गरिरहनु भएको र वडा ४ का सचिव सन्जय राई नगरपालिकामै रहनु भएको जानकारी दिनु भयो ।

कार्यक्रमलाई नेपाल समूहका नगर अध्यक्ष निरौला सहित जिल्ला ईञ्चार्ज पौडेल, जिल्ला अध्यक्ष अर्जुन राई, वीर वहादुर न्यौपान लगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा युवा संघका जिल्ला अध्यक्ष मनोज राई, सचिवालय सदस्य सुजनभाई जोशी, संघका नगर तथा जिल्ला स्तरिय सदस्यहरु भक्त सिंजाली, राम वहादुर वस्नेत लगायत सयौंको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।